काठमाडौं– नेपालको पहिलो डिजिटल सर्भिस मार्केट प्लेस (सेवा बजार),‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ l अब पोखराका सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु खरिद गर्न सक्नेछन्।
प्लम्बिंग, इलेक्ट्रिकलदेखि होम सलूनसम्मका सामान एकै ठाउँबाट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। सन् २०१७ देखि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलोपटक काठमाडौं उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको हो l
कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको र त्यसै अनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको बताएको छ। हालसम्म कम्पनीले २५० भन्दा धेरैसेवाग्राही मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ l
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।