काठमाडौं– जापानले दाेस्राे हाफमा उत्कृष्ट पुनरागमन गरेपछि ४ पल्टकाे विश्व च्याम्पियन जर्मनी दबाबमा परेकाे छ।
समूह ‘इ’ काे अन्तिम खेलमा जापान र जर्मनीकाे नकआउट चरणमा प्रवेश गर्ने सम्भावना खुला थियाे। तर जापानले स्पेनविरुद्ध पहिलाे हाफमा एक गाेलले पछाडि परेकाे नतिजा उल्टाउदै दाेस्राे हाफमा दुई गाेल गरेकाे छ।
यसैगरी अर्काे खेलमा जर्मनी र काेस्टारिका २–२ गाेलकाे बराबरीमा छन्। काेस्टारिकाले पनि पहिलाे हाफमा एक गाेलले पछाडि परेकाे नतिजालाई उल्टाउदै ७० मिनेटभित्र दुई गाेल फर्काएकाे थियाे। तर ७३ मिनेटमा पुन: जर्मनीले बराबरी गर्याे। काेस्टारिकाका लागि यात्सीन तेजाडाले ५८ र हुँवा पाब्लाे भार्गसले ७० मिनेटमा गाेल गरेका थिए।
जर्मनीका लागि काइ हाभर्टले ७३ मिनेटमा बराबरी गाेल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।