काठमाडौं– फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगात मल्लले अघिल्ला दुई फिल्ममा सहकार्य गरे।
पण्डितले निर्देशन गरेका फिल्म ‘दासढुंगा’ र ‘बधशाला’मा सौगातले अभिनय गरेका थिए। अब मनोजर र सौगातबीच पुन: नयाँ फिल्ममा सहकार्य हुने भएको छ। सहकार्य हुने संकेत पण्डितले दिएका छन्।
‘दासढुंगा र बादशालापछि, हामी ह्याट्रिक परियोजनाको लागि सहकार्य गर्दैछौं। यसमा सौगात मल्लको प्रस्तुति भव्य हुनेछ,‘ मनोजले बुधबार फेसबुकमा भेटघाटको तस्बिर सेयर गर्दै लेखेका छन्।
पछिल्लो फिल्म ‘एक’पछि मनोज नयाँ स्क्रिप्टको तयारीमा थिए। गत मंसिर ४मा प्रतिनिधसभा निर्वाचनमाम काभ्रे–२बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।
उनको क्षेत्रमा पूर्वमन्त्री गोकुल बास्कोटा निर्वाचित भएका थिए।
निर्वाचनमा पराजय व्यहोरेसँगै मनोजले आफूले नयाँ स्क्रिप्ट लेखिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।