• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पराजित मन्त्रीहरू राजीनामा देऊ

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  २१:२३
1140x725

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६ जना संघीय मन्त्रीहरू पराजित भएका छन्। गृहमन्त्री बालकृष्ण खाण, ऊर्जामन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका हुन्। मतगणना जारी रहेका कारण दुई मन्त्रीको नतिजा आइसकेको छैन। 

जनताबाट अस्वीकृत मन्त्रीहरू अझै पनि पदमा बहाल छन्। उनीहरूले नैतिकताका कारण राजीनामा दिने अपेक्षा आम रुपमै भइरहेको छ। तर, त्यसको संकेतसम्म पाइएको छैन, जुन दुर्भाग्यपूर्ण छ। जनताबाट आफ्नो जनप्रतिनिधि मान्न अस्वीकार गरिसकेको स्थितिमा पदमै रहने र राज्यबाट सेवा सुविधा लिइरहने काम अशोभनीय पनि हो। आफूलाई प्राप्त पछिल्लो मतादेश र जनादेशको सम्मान गर्न चुक्ने राजनीतिक नेतृत्वबाट कस्तो शासनको अपेक्षा गर्ने ? 

अबका केही हप्तापछि सरकार स्वत: परिवर्तन हुनेछ। निर्वाचनबाट अभिव्यक्त दलीय शक्ति सन्तुलन अनुसारको सरकार बन्ने नै छ। त्यसैले अहिलेका मन्त्रीहरूको पदावधि पनि मुस्किलले तीन-चार हप्ता मात्रै हो। समयको उपलब्धताको हिसाबले पनि उनीहरूको उपस्थिति सान्दर्भिक छैन। मन्त्री पदमा निरन्तरताको अन्य रणनीतिक उपलब्धि पनि छैन।

Ncell 2
Ncell 2

जनताले निर्वाचनमार्फत् पराजित गरेका मन्त्रीहरूको पदीय निरन्तरता जोखिमपूर्ण हुन्छ। किनकि, अब पाँच वर्ष मन्त्री बन्न नपाइने र सांसदको रुपमा पनि जवाफदेही बन्नु नपर्ने भएकाले उनीहरूले व्यक्तिगत, पार्टीगत वा स्वार्थ समूहलाई लाभ पुग्ने निर्णय गर्न र गराउन सक्छन्। अधिकारको दुरुपयोग हुनसक्छ। बहिर्गमन हुँदै गरेका प्रधानमन्त्रीले त जथाभावी निर्णय गर्ने गरेको पाइन्छ भने नैतिक साहस नदेखाउने मन्त्रीको झन् के भर? अर्कोतिर, पदमा रहनु भनेको निर्णय गर्ने अख्तियार पनि प्राप्त गर्नु हो। तर, जनताप्रति जवाफदेहिताको डोरी चुँडिएपछि मन्त्रीसँग थप निर्णय गराउने नैतिक आधार के बाँकी रहन्छ? हाम्रो संविधानले मन्त्रिपरिषद्का निर्णयहरूप्रति सबै मन्त्रीहरूको सामूहिक जवाफदेहिताको परिकल्पना गरेको छ।  त्यसैले, पराजितमध्ये एकजना मन्त्रीले पनि कानुन विपरीत र आफ्नो स्वार्थ पूरा गर्ने खालको निर्णय गरेमा वा लाज पचाएर विदेश भ्रमणमा जाने जस्तो काम गरेमा त्यसको जिम्मेवारी मन्त्रिपरिषद्का बाँकी मन्त्रीहरू र प्रधानमन्त्रीले पनि लिनु पर्ने हुन्छ।  

पछिल्लो नतिजामा ६ जना मन्त्री पराजित भइसकेका छन्। अहिलेको मन्त्रिपरिषद्‌मा १९ जना सदस्य छन्। पराजित भएका मन्त्रीको संख्या झन्डै ३२ प्रतिशत हुन आउँछ। यसरी एक तिहाइ मन्त्री नै पराजित हुनु भनेको सरकारको कार्यशैलीमाथि जनताको प्रतिक्रियाको रुपमा पनि अर्थ्याउन सकिन्छ। अझ प्रष्टसँग भन्दा यो सरकारको कार्यशैलीप्रतिको मत-विद्रोह पनि हो। मन्त्री आवद्ध पार्टीप्रतिको असन्तुष्टि पनि हो। त्यसैले यो नतिजालाई प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बन्धित पार्टीहरूले पनि गम्भीरताका साथ विश्लेषण गर्नु जरुरी छ।

त्यसो त, यसअघि पनि मन्त्रीहरू निर्वाचनमा पराजित हुने गरेका थिए। तर, पराजित भएकै कारण राजीनामा दिने गरेको खासै उदाहरण छैन। पछिल्लो समय त त्यस्तो उदाहरण छैन भने नै हुन्छ। राजनीतिमा नैतिकताको खडेरी लागेको बेला आफूलाई नैतिकवान देखाउने अवसर अहिलेका पराजित मन्त्रीहरूलाई छ। तर, यो कानुनी वा संवैधानिक रुपमा बाध्यकारी प्रावधान भने होइन। जम्माजम्मी नैतिक परीक्षणको विषय हो। त्यसमा उत्तीर्ण हुने कि नहुने सम्बन्धित मन्त्रीको व्यक्तिगत रोजाइको विषय हो। किनकि, जित–हार क्षणिक विषय हुन्, नैतिक छवि निरन्तर रहने विषय हो।

मन्त्रीहरूले राजीनामा दिँदैनन् भने प्रधानमन्त्रीले कदम चाल्न अप्ठ्यारो मान्नुहुँदैन। तर, प्रधानमन्त्री देउवाको शैलीले त्यो सम्भावना साह्रै झिनो रहेको बुझ्न कठिन छैन। पार्टीले फिर्ता बोलाउने विकल्प पनि उपयुक्त हुन्छ। यसले पार्टीको छवि पनि सकारात्मक बनाउन मद्दत गर्छ। किनकि, पार्टीबाट मन्त्री बन्ने र फिर्ता आउने विषय क्षणिक हुन्छ, पार्टीको आयु भने लामो हुन्छ। अर्कोतिर, अब पनि गठबन्धनकै सरकार बनाउने पहल भइरहेको छ। यो गठबन्धनले अबका दिनमा जनमतको कदर गर्छ भन्ने सन्देश दिन पनि पराजित मन्त्रीहरूको बहिर्गमन आवश्यक छ।

यो पनि पढ्नुहोस् :
चुनाव हारेका पर्यटनमन्त्री श्रेष्ठ पैसा वितरणको तयारीमा, मापदण्ड तत्काल पारित गर्न सचिवलाई दबाब
जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार, माघ २, २०८२
प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्