• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पराजित मन्त्रीहरू राजीनामा देऊ

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  २१:२३
1140x725

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६ जना संघीय मन्त्रीहरू पराजित भएका छन्। गृहमन्त्री बालकृष्ण खाण, ऊर्जामन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका हुन्। मतगणना जारी रहेका कारण दुई मन्त्रीको नतिजा आइसकेको छैन। 

जनताबाट अस्वीकृत मन्त्रीहरू अझै पनि पदमा बहाल छन्। उनीहरूले नैतिकताका कारण राजीनामा दिने अपेक्षा आम रुपमै भइरहेको छ। तर, त्यसको संकेतसम्म पाइएको छैन, जुन दुर्भाग्यपूर्ण छ। जनताबाट आफ्नो जनप्रतिनिधि मान्न अस्वीकार गरिसकेको स्थितिमा पदमै रहने र राज्यबाट सेवा सुविधा लिइरहने काम अशोभनीय पनि हो। आफूलाई प्राप्त पछिल्लो मतादेश र जनादेशको सम्मान गर्न चुक्ने राजनीतिक नेतृत्वबाट कस्तो शासनको अपेक्षा गर्ने ? 

अबका केही हप्तापछि सरकार स्वत: परिवर्तन हुनेछ। निर्वाचनबाट अभिव्यक्त दलीय शक्ति सन्तुलन अनुसारको सरकार बन्ने नै छ। त्यसैले अहिलेका मन्त्रीहरूको पदावधि पनि मुस्किलले तीन-चार हप्ता मात्रै हो। समयको उपलब्धताको हिसाबले पनि उनीहरूको उपस्थिति सान्दर्भिक छैन। मन्त्री पदमा निरन्तरताको अन्य रणनीतिक उपलब्धि पनि छैन।

Ncell 2
Ncell 2
nimb
nimb

जनताले निर्वाचनमार्फत् पराजित गरेका मन्त्रीहरूको पदीय निरन्तरता जोखिमपूर्ण हुन्छ। किनकि, अब पाँच वर्ष मन्त्री बन्न नपाइने र सांसदको रुपमा पनि जवाफदेही बन्नु नपर्ने भएकाले उनीहरूले व्यक्तिगत, पार्टीगत वा स्वार्थ समूहलाई लाभ पुग्ने निर्णय गर्न र गराउन सक्छन्। अधिकारको दुरुपयोग हुनसक्छ। बहिर्गमन हुँदै गरेका प्रधानमन्त्रीले त जथाभावी निर्णय गर्ने गरेको पाइन्छ भने नैतिक साहस नदेखाउने मन्त्रीको झन् के भर? अर्कोतिर, पदमा रहनु भनेको निर्णय गर्ने अख्तियार पनि प्राप्त गर्नु हो। तर, जनताप्रति जवाफदेहिताको डोरी चुँडिएपछि मन्त्रीसँग थप निर्णय गराउने नैतिक आधार के बाँकी रहन्छ? हाम्रो संविधानले मन्त्रिपरिषद्का निर्णयहरूप्रति सबै मन्त्रीहरूको सामूहिक जवाफदेहिताको परिकल्पना गरेको छ।  त्यसैले, पराजितमध्ये एकजना मन्त्रीले पनि कानुन विपरीत र आफ्नो स्वार्थ पूरा गर्ने खालको निर्णय गरेमा वा लाज पचाएर विदेश भ्रमणमा जाने जस्तो काम गरेमा त्यसको जिम्मेवारी मन्त्रिपरिषद्का बाँकी मन्त्रीहरू र प्रधानमन्त्रीले पनि लिनु पर्ने हुन्छ।  

पछिल्लो नतिजामा ६ जना मन्त्री पराजित भइसकेका छन्। अहिलेको मन्त्रिपरिषद्‌मा १९ जना सदस्य छन्। पराजित भएका मन्त्रीको संख्या झन्डै ३२ प्रतिशत हुन आउँछ। यसरी एक तिहाइ मन्त्री नै पराजित हुनु भनेको सरकारको कार्यशैलीमाथि जनताको प्रतिक्रियाको रुपमा पनि अर्थ्याउन सकिन्छ। अझ प्रष्टसँग भन्दा यो सरकारको कार्यशैलीप्रतिको मत-विद्रोह पनि हो। मन्त्री आवद्ध पार्टीप्रतिको असन्तुष्टि पनि हो। त्यसैले यो नतिजालाई प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बन्धित पार्टीहरूले पनि गम्भीरताका साथ विश्लेषण गर्नु जरुरी छ।

त्यसो त, यसअघि पनि मन्त्रीहरू निर्वाचनमा पराजित हुने गरेका थिए। तर, पराजित भएकै कारण राजीनामा दिने गरेको खासै उदाहरण छैन। पछिल्लो समय त त्यस्तो उदाहरण छैन भने नै हुन्छ। राजनीतिमा नैतिकताको खडेरी लागेको बेला आफूलाई नैतिकवान देखाउने अवसर अहिलेका पराजित मन्त्रीहरूलाई छ। तर, यो कानुनी वा संवैधानिक रुपमा बाध्यकारी प्रावधान भने होइन। जम्माजम्मी नैतिक परीक्षणको विषय हो। त्यसमा उत्तीर्ण हुने कि नहुने सम्बन्धित मन्त्रीको व्यक्तिगत रोजाइको विषय हो। किनकि, जित–हार क्षणिक विषय हुन्, नैतिक छवि निरन्तर रहने विषय हो।

मन्त्रीहरूले राजीनामा दिँदैनन् भने प्रधानमन्त्रीले कदम चाल्न अप्ठ्यारो मान्नुहुँदैन। तर, प्रधानमन्त्री देउवाको शैलीले त्यो सम्भावना साह्रै झिनो रहेको बुझ्न कठिन छैन। पार्टीले फिर्ता बोलाउने विकल्प पनि उपयुक्त हुन्छ। यसले पार्टीको छवि पनि सकारात्मक बनाउन मद्दत गर्छ। किनकि, पार्टीबाट मन्त्री बन्ने र फिर्ता आउने विषय क्षणिक हुन्छ, पार्टीको आयु भने लामो हुन्छ। अर्कोतिर, अब पनि गठबन्धनकै सरकार बनाउने पहल भइरहेको छ। यो गठबन्धनले अबका दिनमा जनमतको कदर गर्छ भन्ने सन्देश दिन पनि पराजित मन्त्रीहरूको बहिर्गमन आवश्यक छ।

यो पनि पढ्नुहोस् :
चुनाव हारेका पर्यटनमन्त्री श्रेष्ठ पैसा वितरणको तयारीमा, मापदण्ड तत्काल पारित गर्न सचिवलाई दबाब
जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्