• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

५० रुपैयाँ छात्रवृत्तिले पढेका रनसिंह जसले हुम्लाकै पहिलो दलित सांसद बनेर इतिहास रचे

64x64
धनु विश्वकर्मा मंगलबार, मंसिर १३, २०७९  ०५:३०
1140x725

काठमाडौं- हुम्ला प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई पराजित गर्दै उनी सांसद चुनिएका हुन्।

परियारले ६ हजार ४८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे। निर्वाचन आयोगका विवरण अनुसार ‘क’ मा प्रदेश सभा सदस्यका लागि ५ जना उम्मेदवार थिए। परियारले १ हजार ८५१ मतान्तरमा जित निकाले। 

त्यस्तै एमालेका दल फडेराले २ हजार ९९ मत प्राप्त गरे। एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छापे ऐडीले ११७ मत प्राप्त गरे। 

यो जितसँगै परियारले हुम्लाबाट पहिलो पटक दलित सांसद बन्ने इतिहास बनाएका छन्। उनी कर्णाली प्रदेशबाटै दलित समुदायका एक्लो सांसद बनेका छन्। कुनै पार्टीबाट पनि अहिलेसम्म दलित समुदायबाट सांसद बनेका थिएनन्। संवैधानिक अंग राष्ट्रिय दलित आयोगमा भने मेहल पार्की सदस्य रहेका छन्। पार्की  राजनीतिक नियुक्तिबाट त्यहाँसम्म पुगेका हुन्। 

महिनाको ५० रुपैयाँ छात्रवृत्तिबाट अध्ययन
रनसिंहको घर हुम्लाको अदानचुली गाउँपालिका– १ कल्खे भन्ने गाउँमा हो। उनको बाल्यकाल गाउँमै बित्यो। अति गरिब परिवारमा जन्मे–हुर्केका रनसिंह इतिहास रच्दै जिल्लाबाट आफ्नो समुदायको सांसद बनेका छन्। 

२०३३ सालमा जन्मेका नरसिंह परिवारको बाँच्ने आधार पुख्र्यौली दर्जी पेसा हो। घरमा बाजे–बाका पालादेखि नै लुगा सिलाउँदै आएको उनको परिवार खलोबाट उठेको अन्नबाट परिवार पाल्थ्यो। जग्गा–जमिन थिएन। तर नरसिंहले परिवारमा विद्रोह गरेर पढे। 

उनको परिवारमा कोही विद्यालय गएका थिएनन्। पढाउनुपर्छ भन्ने चेत थिएन। दलितलाई पढ्न सहज पनि थिएन। जातिय छुवाछुतले समाज आक्रान्त थियो। तर पनि उनले गाउँकै दलित समुदायको एक्लो विद्यार्थीका रुपमा विद्यालयमा पाइला टेके।

गाउँघरमा गोरु चराउँदाका गैरदलित साथीहरु स्कुल जान्थे। उनलाई पनि जान मन लाग्यो। मन लागेर मात्र कहाँ हुन्थ्यो र? घरमा गोरु–बाख्रा हेर्न लगाउँथे। उनी भागेर स्कुल गए, साथीहरुको पछिपछि लागेर। 

Ncell 2
Ncell 2
nimb
nimb

रनसिंहले प्राथमिक शिक्षा गाउँकै जनकल्याणमा लिए। त्यो बेला कापी–कलम हुँदैनथ्यो। कालोपाटीमा खरीले लेखेर कखरा जाने। ‘घरमा कापी–कलम किन्ने पैसा हुँदैनथ्यो। खानै धौधौ हुन्थ्यो, कहाँबाट किन्नु कापी कलम,’? उनी सुनाउँछन्। कक्षामा उनी एक्लो दलित थिए। उनी मुनिका भाइ–बहिनी कसैले पढ्न पाएनन्।

उनी राम्रो पढ्थे। स्कुलमा जेहेन्दार विद्यार्थीका रुपमा कहलिए। जिल्लामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने संस्था आयो। जिल्ला शिक्षा कार्यालयको समन्वयबाट उनले महिनाको ५० रुपैयाँ पाउन थाले। त्यही पैसाले कापी–कलम किने। र, पढ्दै गए।

रनसिंह भन्छन्, ‘त्यो ५० रुपैयाँ छात्रवृत्ति नपाएको भए आज यो अवस्था हुँदैनथ्यो,’ उनले भने। त्यही छात्रवृत्तिले उनी १० कक्षासम्म पुगे। २०४८ सालमा एसएलसी दिए र पास गरे। त्यसपछि पढाइ रोकियो।

घरमा आर्थिक संकट थियो। हुम्ला त्यसै पनि विकट जिल्ला हो। आजसम्म पनि मोटर–गाडी सजिलै पुग्न सकेको छैन। त्यो समय कस्तो अवस्था थियो होला सहजै अनुमान गर्न सकिन्छ। उनी दलित समुदायको धेरै पढेको व्यक्ति बने। त्यसपछि भने पढाउन सुरु गरे। 

Xtrem

Xtrem

सरकारी शिक्षक जागिर छाडेर जनयुद्धमा
स्थायी शिक्षकका रुपमा रनसिंहले २०४९ देखि २०५९ सालसम्म पढाए। हुम्लाकै हिमाली प्रावि, चंखेली प्रावि र छत्रमान प्राविमा अध्यापन गरे। तर एक दशकको सरकारी जागिर छाडेर उनी भूमिगत राजनीतिमा लागे।

२०४६ सालमा भएको बहुदलको आन्दोलनले उनमा राजनीतिक चेत खुलेको हो। उनले तत्कालीन एमाले निकट अनेरास्ववियुबाट राजनीति थालेका हुन्। विद्यार्थी जीवनमा उनी राजनीतिमा होमिएका थिए। उनले प्लस टु भने पछि सूर्योदय उच्च मावि श्रीनगरबाट गरे। 

२०४५ सालमा कक्षा ७ मा अध्ययन गरिरहँदा नै सूर्याेदय मावि श्रीनगरमा नेकपा मालेको अनेरास्ववियु सदस्य बने। २०४६ सालमा अनेरास्ववियुको सूर्योदय माविको सचिव पदमा रहेर काम गरे। २०५८ सालदेखि गाउँ कमिटीको सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य भएर काम गरे। 

रनसिंहले माओवादी जनयुद्धलाई नजिकबाट हेरेका थिए। दुर्गमका वस्ती–वस्तीमा माओवादीको प्रभाव परेको देखे। शिक्षक पेसामा रहँदै पनि विभिन्न तवरबाट सहयोग गरेका थिए उनले। समाजमा भोगेका अनेक विभेदले पनि उनलाई माओवादी आन्दोलनले आकर्षित गर्यो।

२०५२ फागुन १ गतेदेखि माओवादी युद्ध सुरु भएपछि उनले सात वर्षसम्म भूमिगत जीवन बिताए। तत्कालीन माओवादी र सरकारबीच १२ बुँदे सम्झौता भयो। कोही लाखापाखा लागे। कसैले पुरानै जीवन अपनाए। रनसिंह भने राजनीतिमा झन् सक्रिय भए। मुक्तिमोर्चाका विभिन्न संगठनमा काम गरे। 

२०६५ सालमा नेकपा माओवादी भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्तिमोर्चा थारूवान प्रदेश संयोजक, पार्टी केन्द्रीय भेला आयोजक सदस्यको जिम्मेवारी समेत उनले सम्हालेका छन्। उनले मोर्चाका विभिन्न पदमा संलग्न रहँदै दलितका मुद्दा उठाउँदै आएका छन्। २०७३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय सदस्य र कर्णाली प्रदेश सहसयोजकका रुपमा काम गरिसकेका छन्। 

एमालेसँग पार्टी एकता भएपछि नेकपा बन्यो। एकता भएसँगै नेकपाको कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहेर काम गरे। पार्टीका विभिन्न समयमा विभिन्न पदीय जिम्मेवारी सम्हालेको उनको अनुभव छ। तर पनि पार्टीले भने दलितलाई चुनावमा उठाउन आनाकानी गरेको आरोप उनको छ। दलित, महिला भन्ने वित्तिकै हार्छन् भन्ने भाष्य स्थापना गरिसकेको उनको भनाइ छ।

यो निर्वाचनमा रनसिंह प्रदेश सभाको प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बने र जित निकाले। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक बन्द सूचीमा उनको नाम थियो। तर अन्तिम सूचीमा परेनन्। ‘नत्र हुम्लाले २०६४ मै दलित सांसद पाइसक्थ्यो,’ उनले भने।

बागीले पनि फरक परेन
रनसिंह माओवादीको वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनको दावी प्रदेश सांसदमा थियो। हुम्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि माओवादीको भागमा पर्‍यो। नेपाली कांग्रेसका नेता जीवन शाही मुख्यमन्त्रीको दावी सहित प्रदेशमा गए। जसले गर्दा सहजै माओवादीका पोल्टामा प्रतिनिधि सभा सदस्य पर्‍यो।

प्रदेशको भागभण्डा अनुसार हुम्ला प्रदेश ‘क’ माओवादीका भागमा पर्यो। ‘ख’ कांग्रेसका भागमा पर्‍यो। उसो त पार्टी नेतृत्वले दलितले हार्छन् भनेर टिकट दिन मानेन। उनी भन्छन्, ‘गठबन्धनमा पनि कोही गैरदलित भए सायद सजिलै स्वीकार्र्थे होला।’ पार्टी राजनीतिमा उनले २५ वर्ष बिताएका छन्। हुम्लामा कुनै पनि दलले दलित उम्मेदवार बनाएको छैन। 

उनी माओवादीबाट सिफारिस भए। तर कांग्रेस र एकीकृत समाजवादी भने उनलाई स्वीकार्न तयार भएन। कांग्रेसका मंगलबहादुर शाहीले बागी उम्मेदवारी दिए। एकीकृत समाजवादीका तर्फबाट हस्तबहादुर शाहीले उम्मेदवारी दिए। गठबन्धन तोडियो। एमालेका तर्फबाट अदानचुली गाउँपालिकाका पूर्व अध्यक्ष दल फडेरा चुनावी मैदानमा थिए। उनलाई चौतर्फी चुनाती भयो। 

गठबन्धन विना र बागीको चुनौतीबीच उनले चुनाव जिते। रनसिंह भन्छन्, ‘यो हुम्ली दलितहरुको हो। पहिलो पटक आफ्नो समुदायको सांसद पाउँदा सबै खुसी छन्।’ 

यसरी टिकट लिँदादेखि उम्मेदवारी दर्तासम्म विद्रोह गरेका रनसिंहले हुम्लाकै पहिलो दलित सांसद बन्न सफल भए। 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्