बर्दिया– बर्दियाको गुलरियाबाट एक जना पुरुष पत्नी हत्या आरोपमा पक्राउ परेका छन्। गुलरिया नगरपालिका–१ का २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 
२६ वर्षीषा पत्नी नाकला बस्नेतको कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 
कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारका क्रममा बर्दिया अस्पताल गलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।