• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कस्तो बन्ला कर्णाली प्रदेश सरकार? 

64x64
धनु विश्वकर्मा सोमबार, मंसिर १२, २०७९  ०६:३५
1140x725

काठमाडौं– कर्णालीका १० वटै जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। नतिजा सार्वजनिक भएसँगै अब प्रदेश सरकार कसको नेतृत्वमा बन्छ भन्ने बहस सुरु भएको छ। 

सत्ता गठबन्धनमै आवद्ध दलको सरकार बन्छ कि एमालेसहित अन्य समीकरणमा सरकार बन्छ? 

समीकरणमा जाँदा कसको अवस्था कस्तो?
आइतबारसम्म सार्वजनिक भएको नतिजाअनुसार कर्णालीमा प्रत्यक्षतर्फ प्रदेश सभाका २४ सिटमध्ये कांग्रेस–माओवादीले समान ९/९ सिट जितेका छन्। ५ सिट एमालेले जित्दा स्वतन्त्रले १ सिट जितेका छन्।

स्वतन्त्रबाट जितेका देवेन्द्रबहादुर शाही कांग्रेसका बागी हुन्। उनी कांग्रेसमै फर्किने सम्भावना बढी छ। यसो हुँदा कांग्रेस प्रदेशमा प्रत्यक्षतर्फ नै पहिलो दल बन्नेछ। 

४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तिमा २१ आवश्यक पर्दछ। १६ जना समानुपातिकबाट आउनेछन्। कर्णालीमा समानुपातिकतर्फ एमाले पहिलो छ।

आइतबारसम्म जारी मतगणना अनुसार एमालेले १ लाख ८३ हजार ९५० मत पाउँदा कांग्रेसले १ लाख ७९ हजार ७५६ र माओवादीले १ लाख ३६ हजार ६२९ मत पाएको छ। यस्तै एकीकृत समाजवादीको ३५ हजार ८२६ मत रहेको छ भने राप्रपाको २५ हजार १८६ मत छ। 

प्रदेश सरकार गठनका लागि मुख्यतः सत्तारुढ पार्टीहरु केन्द्रकै भरमा छन्। गठबन्धनभित्र प्रदेश भागबण्डा गर्दा जसको भागमा परेको छ उसैले नेतृत्व गर्नेछ। अघिल्लोपटक वाम गठबन्धन हुँदा कर्णालीमा एमाले २० सिटसहित पहिलो थियो। 

तर, माओवादी र एमालेको भागबण्डामा कर्णाली माओवादीको भागमा परेपछि संसद्मा सबैभन्दा ठूलो दल भए पनि एमालेले नेतृत्व लिन पाएन। पछि नेकपा विभाजनसँगै एमाले फुटेपछि भने प्रत्यक्षमा एक र पाँच समाुनपातिक गरी ६ जना सांसद संख्या रहेको कांग्रेसले सरकारको नेतृत्व गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सत्तागठबन्धन निरन्तर रहिरह्यो भने यसपटक पनि माओवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेछन्। संसद्मा आएका तीन दलमध्ये एमाले ५ सिटसहित सबैभन्दा सानो दल हो। सरकारको नेतृत्व गर्ने सम्भावना यसपाली एमालेको देखिँदैन। एमालेलाई सरकारको नेतृत्व लिन गठबन्धनकै साथ चाहिन्छ।

समानुपातिकमा भने अरु दलभन्दा एमालेले केही बढी सिट पाउने छ। एमाले–माओवादी समीकरण भएमा पनि दुवै दलले समानुपातिकमा ७ सिट पाउनुपर्ने हुन्छ। प्रत्यक्षमा दुवै दलको जोड्दा १४ सिट मात्रै हुन्छ। 

तर, कर्णालीमा माओवादीले यसपटक पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ। अन्य प्रदेशमा माओवादीको उपस्थिति कमजोर छ। एमाले र कांग्रेसको समीकरणमा पनि माओवादीकै जस्तो जोड रहेको छ। यद्यपि कांग्रेसलाई स्वतन्त्रले साथ दिए यी दुई दललाई समानुपातिकतर्फबाट ६ सिट मात्रै आए पनि सरकार बनाउन स्पष्ट बहुमत पुग्छ। 

को बन्ला मुख्यमन्त्री ?
चुनावी अंगगणित हेर्दा माओवादी र कांग्रेस प्रदेशमा बलियो छन्। यी दुवै दल साथ हुँदा स्वतन्त्र नमिसिए पनि समानुपातिक तर्फका तीन सांसदले नै सरकार बनाउन पुग्छ। 

Xtrem

Xtrem

त्यसैले कांग्रेस वा माओवादीकै नेतृत्वमा कर्णालीमा सरकार बन्ने सहजै आकलन गर्न सकिन्छ। यसपटक मुख्यमन्त्रीका लागि कांग्रेसबाट जीवनबहादुर शाही मुख्य दाबेदार हुन्। यदि उनले आफू पुनः नदोहोरिने भनेको खण्डमा भने राजीबविक्रम शाह मुख्यमन्त्रीका लागि दाबेदार हुनेछन्। 

तर, शाहीले दाबी गरेको खण्डमा आफूले सहजै स्वीकार गर्ने शाहले पहिलेदेखि नै बताउँदै आएका छन्। यदि जीवनबहादुर शाहीले दोहोरिन नचाहेको खण्डमा मात्रै शाहले दाबी गर्नेछन्।

शाह पनि मुख्यमन्त्रीको दाबीकै लागि यसपटक प्रदेशको निर्वाचनमा होमिएका हुन्। कर्णालीमा उनी मुख्यमन्त्री बन्नुपर्ने बहस पनि हुन थालेको छ। यद्यपि कांग्रेसको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको दाबेदार हुनेछ। त्यसो हुँदा शाहले संसदीय दलको नेता चुनिनुपर्नेछ। 

यस्तै नेकपा माओवादी केन्द्रबाट पनि दुई जना मुख्यमन्त्रीका लागि दाबेदार छन् राजकुमार श्रेष्ठ र बिन्दमान विष्ट हुन्। कर्णालीलाई आधार इलाका मान्दै आएको माओवादीले आगामी पाँच वर्षका लागि पनि प्रदेश सरकारको नेतृत्व खोज्नेछ। माओवादीको भाग परेमा यी दुवै जनामध्ये एक मुख्यमन्त्री बन्नेछन्। 

शर्मा रुकुम पश्चिम प्रदेश २ बाट निर्वाचित भएका हुन्। विष्ट भने सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित भएका हुन्। उनी अघि पनि प्रदेश सरकारको आर्थिक मामिला तथा याजनामन्त्री भइसकेका छन्। मुख्यमन्त्रीकै लागि विष्ट पुनः प्रदेशमा दोहोरिएको बताइन्छ। 

नेकपा एमालेबाट भने चुनावी प्रतिस्पर्धामा यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाह होमिएका थिए। यद्यपि अहिले पाएको सिटसंख्या अनुसार एमालेले नेतृत्व पाउने सम्भावना छैन। कांग्रेस वा माओवादीमध्ये एकसँग समीकरण हुँदा र उनीहरुले पनि नेतृत्व दिन तयार हुँदा भने शाह र कँडेलमध्ये एक जना मुख्यमन्त्री बन्न सक्नेछन्। 

कँडेल नेकपा एमालेका प्रदेश इन्चार्जसमेत हुन्। अघिल्लोपटक ठूलो दल हुँदाहुँदै पनि मुख्यमन्त्री बन्नबाट वञ्चित कँडेल यसपटक नेतृत्व गर्ने महत्वाकांक्षका साथ प्रदेशमै रोकिएका थिए। तर, पाँचवटा मात्र सिट जितेकाले हाल उनको सम्भावना कमै देखिन्छ। 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्