• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ सरकार गठनको गृहकार्यमा सत्ता-गठबन्धन, ठूला दललाई स्वतन्त्रको सकस 

64x64
नवीन झा शनिबार, मंसिर १०, २०७९  १३:५२
1140x725

काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा प्रमुख दलले नयाँ सरकार गठनको गृहकार्य थालेका छन्। निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता-गठबन्धनका शीर्ष नेताहरुलाई शुक्रबार साँझ बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरुलाई बालुवाटार बोलाउनुअघि बिहीबार एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दहालसँग टेलिफोन संवाद गरेका थिए। ओलीले बुधबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए।

४ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो उपस्थिति जनाउने संकेत गरेपछि प्रमुख दलहरुको पूर्व निर्धारित सत्ता समीकरणमा धक्का लाग्ने भएकोले प्रमुख दलका शीर्ष नेतहरु अन्तिम परिणाम नआउँदै नयाँ सरकारको गणितीय गृहकार्यमा जुटेका हुन्।

शुक्रबार दिउँसोसम्म सार्वजनिक मत परिणामको आकलन गर्दा प्रत्यक्षतर्फ नेपाली काग्रेस ५५ को हाराहारीमा, एमाले ५०, माओवादी १७/१८, नेकपा एस १०, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राप्रपा ५, जसपा ६, लोसपा ४, राजमो १ र जनमत पार्टीले १ सिट हात पार्ने देखिएको छ।

त्यसैगरी समानुपातिकमा एमालेले कांग्रेसभन्दा केही बढी सिट ल्याउने अवस्था देखिएको छ। अहिलेसम्मको समानुपातिकतर्फको मत आकलन अनुसार एमाले ३५, कांग्रेस ३२, माओवादी १५, रास्वपा १५, राप्रपा ८/९ र जसपाले ४/५ सिट पाउने सम्भावना छ। 

संख्यात्मक समीकरणमा सत्ता-गठनबन्धनमा रहेका दलहरुले दावी गरेझैं प्रचण्ड बहुमत पुग्ने सम्भावना देखिएको छैन। एमालेको पनि राप्रपा र जसपासँग मात्रै मिलेर बहुमत पुग्ने सम्भावना छैन।

यही सम्भावना देखेर एमाले अध्यक्ष ओलीले बिहीबार लामो समयपछि विगतको तिक्तता बिर्सेझैं गरी माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेरै नयाँ सत्ता सहकार्यको प्रस्ताव गरेको हुनुपर्छ । तर माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार गोरखामा दिएको अभिव्यक्तिले उनी अहिलेकै गठबन्धन अगाडि बढाएर नयाँ सरकार बनाउने दाउमा छन्।

दाहालले सम्भावित सत्ता गठबन्धनको गणितलाई ख्याल गरेरै बिहीबार साँझ डिल्लीबजारस्थित जेलमा रेशम चौधरीलाई भेटका छन्। चौधरीकी पत्नीसहित चार सांसद नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राजमोको अहिले मत परिणाम हेर्दा बढीमा १ सय ४१ सदस्य आउन सक्ने देखिन्छ। प्रतिनिधि सभामा सरकार बनाउन आवश्यक समान्य बहुमत संख्या १ सय ३८ हो। तर अहिलेको परिणाममा केही तलमाथि परेको खण्डमा सत्ता-गठबन्धन पश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टी र त्यसले पनि नपुगे राप्रपादेखि जसपा र जनमत पार्टीसम्म समेट्ने दाउमा देखिन्छ। 

तर, यो बीचमा एमाले र अरु कम्युनिष्टले चाहेको खण्डमा वाम सरकार एकलौटी बन्ने सम्भावनाका बारेमा बहस हुन थालेको छ। मतपरिणामको आकलन अनुसार सबै कम्युनिष्ट पार्टी एक ठाउँमा आए पनि १३८ संख्या पुग्ने अवस्था भने छैन। 

स्वतन्त्रको सकस 
दलहरुको सत्ता-समीकरणमा नयाँ बन्न लागेको संसदमा सबैभन्दा सकस नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पारेको देखिन्छ। मत परिणाम आकलन अनुसार प्रतिनिधि सभामा २२ देखि २४ सिटसहित आउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्रीहरुको नेतृत्वको समीकरणमा सरकारमा नजाने प्रष्ट पारिसकेको छ। यसले रास्वपाको सम्भावित सत्ता-समीकरणका लागि कांग्रेसले पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री देउवा वाहेक अन्य विकल्प अघि सार्नुपर्ने देखिन्छ भने एमालेले अध्यक्ष केपी ओली बाहेक अन्य नाम अगाडि सार्नुपर्ने देखिन्छ।

यता माओवादी र नेकपा एसले नेतृत्व लिन चाहेमा दाहाल र माधव नेपाल बाहेक अन्य नाम अगाडि सार्नुपर्ने हुन्छ। तर प्रमुख दलहरु यो सर्त मानिहाल्ने अवस्थामा छैनन्। यही कारण धेरैले तत्कालका लागि रास्वपा वाहेककै सत्ता-समीकरणको सम्भावना औंल्याइरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव सार्वजनिक रुपमा अघि सारे पनि त्यो सम्भावना तत्कालै देखिएको छैन। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले लगातार आफ्ना सभापति तथा प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गर्दै आएका छन्। 

यसरी रास्वपाका कारण दलहरुलाई सत्ता-समीकरणमा गणितीय हिसाबले सकस पर्ने देखिन्छ।

गठबन्धनकै सरकार बनाउने कसरत 
कांग्रेस प्रवक्ता महतले निर्वाचनको सम्पूर्ण विवरण नआए पनि गठबन्धनले सरकार बनाउने गरी बहुमत ल्याउने दावी गरे। ‘हामीले सोचे जस्तो नआउला,’ महतले भने, ‘तर हामीलाई सरकार पुग्ने सिट आउँछ।’

उनले गठबन्धनका घटकहरुमा नयाँ सरकार बनाउने विषयमा कुनै समस्या नरहेको पनि दावी गरे। ‘सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ,’ महतले भने, ‘तर सरकार सबैलाई न्याय हुने गरी बनाउँछौं।’

उनले न्याय हुने गरी कसरी मिलाउने भन्ने नखुलाए पनि कांग्रेस नेताहरुले राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुखसहित सबैमा सत्ता-गठबन्धनबीचमा भागबन्डा गरेर मिलाउने गृहकार्य केही दिन भित्रै थालिने बताए।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्