• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

तेजाब आक्रमणसम्बन्धी कानुन पर्याप्त छ त?

श्रीना नेपाल  शनिबार, मंसिर १०, २०७९  १३:०४
1140x725

काठमाडौं– तेजाब आक्रमण यस्तो कसुर हो, जसमा जुनसुकै वर्ग वा उमेर समूहका व्यक्ति पीडित हुनसक्छन्। कसैले कसुर गर्ने नियतले ७० रुपैयाँमा तेजाब किन्यो, बिक्री गर्नेलाई सायद २० रुपैयाँ फाइदा भयो होला, तर पीडितले उपचारको क्रममा लाखौं खर्चिनुपर्छ। त्यसमा शारीरिक र मानसिक कष्टको त लेखाजोखा नै छैन। 

विसं २०७१ मा १६ वर्षीया संगीता मगरमाथि तेजाब प्रहार हुँदा पीडितको उपचार वा क्षतिपूर्तिको व्यवस्था थिएन। फोजदारी कानुन अपर्याप्त थियो। २०७४ सालमा नेपाल सरकारलाई विपक्षी बनाएर संगीता मगरले दायर गरेको रिट निवेदनको फैसलामा सरकारले पीडितहरुलाई गम्भीर हेरचाह र क्षतिपूर्ति प्रदान गर्नुका साथै तेजाब आक्रमणको मुख्य कारक तेजाबको बिक्रीलाई नियमन गर्न सर्वोच्च अदालतले आदेश दियो। 

त्यसपछि तेजाब आक्रमण गर्नेलाई सजाय निर्धारण गरी मुलुकी अपराध संहिता, २०७४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुरमा दफा १९३ स्थापित गरियो। तर उक्त दफा पनि पर्याप्त भएन। 

५ वर्षको अनन्त अभियानले हामीजस्ता भुइँमान्छेले गरेको सडक अभियान सदनसम्म पुग्यो। र २०७७ असोज १२ गते पहिलोपटक ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७’ अध्यादेश पेस गरियो। तर त्यो कुनै कारणबस भनौं वा संसद्लाई महत्वपूर्ण नलागेका कारण रोकियो। 

२०७८ सालमा स्वास्थ्य मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि–२०७८’ प्रकाशन गर्योस। जसमा तेजाब आक्रमणबाट पीडित भएकाहरुले आपतकालीन अवस्थामा जुनसुकै अस्पताल र आपतकालीन अवस्थाबाट बाहिरिएपछि टिचिङ अस्पतालमा नि:शुल्क उपचार पाउने व्यवस्था गरिएको छ। 

त्यसपछि पुन: २०७८ चैत्र २२ गते ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८’ पेस गरियो। सायद त्यसपछि संसद्को चेत अलिकति खुल्यो। त्यसैको फलस्वरुप २०७९ असार ३१ गते फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन नेपाल राजपत्रमा प्रकाशन गरियो। 

तेजाब आक्रमणा गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र त्यस्तो उद्योगमा ५ देखि ७ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थाका साथै तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अंगमा क्षति पुर्याजएमा २० वर्षसम्म कैद सजाय निर्दारण गरिएको र शरीरमा अन्य अंगमा तेजाब परे १० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने व्यवस्था राखियो। तर यो कसुरलाई कुटपिट वा अंगभंगसम्बन्धी कसुरमा हाल्नुपर्ने कत्तिको जायज हो? 

तेजाब छालामा पर्नेबित्तिकै ‘थर्ड डिग्री’ जलन हुन्छ भन्ने कुरा अवगत हुँदाहुँदै पनि कुटपिटकै दर्जा दिँदा मलाई जायज लागेन। सोही दिन ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमनसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७९’ पनि राजपत्रमा प्रकाशन भयो। र यो ऐनको कुरा गर्दा यसमा समाधान आधारित पहुँच रहेको देखिँदैन! किन? 

Ncell 2
Ncell 2
nimb
nimb

किनकि तेजाब आक्रमणको प्रमुख कारण तेजाब हो। तेजाब खरिद गर्न आउने जो कोहीलाई बिना प्रश्न बिक्री गर्ने व्यस्ति पनि सो कसुरको मतियार हो। तर ऐनमा तेजाब बिक्री गर्ने व्यक्तिलाई निर्धारण गरिएको सजाय हेर्दा ‘जमानती अपराध’को दर्जा दिइएको देखिन्छ। यो ऐन फौजदारी कानुनको सिद्धान्त विपरीत गएको देखिन्छ। 

यी माथि आएका ऐन र कानुनहरु अदालतको २०७४ सालको न्यायिक सक्रियताका कारण हो! तर २०७४ मा गरिएका फैसलाको कार्यान्वयन गर्न पनि करिब पाँच वर्ष लाग्यो। तर के अदालतलको काम एकपटक फैसला गरिसकेपछि सकिन्छ? 

प्रहरीका अनुसार २०७२ यता १८ जना महिला र ४ जना पुरुष तेजाब आक्रमणबाट पीडित भएका छन्। धेरै मानिसहरुले क्लिनिकमा उपचार गरेकी कारण थप घटनाहरु दर्ता भएका छैनन्। 

तेजाब आक्रमण जस्तो संवेदनशील विषयलाई संसद्को ध्यानाकर्षण गराउन बलियो कानुन बनाउन, २०७१ सालदेखि नै निरन्तर अभियान चलाउनुपर्‍यो, अदालतले न्यायिक सक्रियता देखाउनुपर्‍यो, २२ जना तेजाब आक्रमणबाट पीडित हुनुपर्‍यो र निरन्तर पीडितहरु न्यायका लागि सडकमा आउनुपर्‍यो। 

Xtrem

Xtrem

कानुन नभएका कारण २२ जना पीडित हुनुको जिम्मेवार को? र ती ‍सजाय नपाएका अपराधीहरु खुलला घुमिरहनुमा जिम्मेवार को? यी र यस्तो अवस्था हेर्दा लाग्छ कानुन परिवर्तन ल्याउनका लागि नभइ देखाउनका लागि मात्रै ल्याइन्छन् भन्ने भान हुन्छ। 

अब छलफल गरौं। मिडिया र समाजको दायित्व, ‘प्रेम र युद्धमा सबै जायज हुन्छ’ जस्ता बलिउड फिल्ममा प्रयोग हुने डाइलगको पछि लागेर यस्ता कसुरलाई मायाको वियोगान्त या घृणाका कथाका दृष्ट्रिकोणबाट नदेखाउँ। किनकी यी सब बाहना हुन्। तेजाब आक्रमण एक जघन्य अपराध हो। तेजाब आक्रमण गर्ने नियतले किन्न जानु, किनेर आक्रमण गर्ने वातावरण बनाउनु र आक्रमण हुनुसम्मका कार्य गर्दा अपराधका आवश्यक तत्त्वहरु, अपराधिक मनसाय र अपराधिक कार्य पूर्ण हुन्छन्। 

नाई भन्न र नाई सुन्न बानी बसालौं, तेजाब आक्रमणमा परेका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार एउटा अपराधीले हनन् गरिसकेको छ। हामी त्यसको मतियार नहोउँ। 
नेपाल काठमान्डु स्कूल अफ ल मा अध्यनरत छात्रा हुन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो? आइतबार, असोज १८, २०८३
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्