काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनको क्रममा मंसिर ४ गते दुई जना युवाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु गरेको छ।
सो घटनाका बारेमा स्थलगत छानबिन तथा अनुृसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ गएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।
उक्त टोलीलाई आवश्यक सहयोग गरिदिन आयोगले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानवअधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।