काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर दोस्रो पटक पनि निर्वाचित भएका छन्।
ठाकुर १६ हजार ३७५ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याए।
ठाकुर २ हजार ५० मतको अन्तरले निर्वाचित भएका हुन्।
यस्तो छ परिणामः
मतगणना– ५९२३७
सदर मत– ५५४०३
बदर– ३८३४
महन्थ ठाकुर (लोसपा)– १६३७५
हरिनारायण यादव (जसपा)– १४३२५
रामअधार कापर (स्वतन्त्र)– १२७३३।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।