गुल्मी– गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा नेकपा एमालेका चिन्तामणि पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १५ हजार ११७ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुर्दशन बराल १४ हजार २६३ मत ल्याएर पराजित भएका हुन्। पाण्डे ८६४ मतान्तरले विजयी भएका छन्।
पाण्डेसँग पराजित बराल ०६४ सालमा गुल्मी– १ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए। ०७४ सालमा बाम गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भएका थिए।
बराल सामाजिक विकासमन्त्री पनि बनेका थिए। यसपटक मुख्यमन्त्री बन्ने चर्चामा रहेका बराल प्रदेश सभामै पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।