गुल्मी– गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित भएका छन्।
कार्की १८ हजार ५९६ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का फर्सु पाण्डे १७ हजार ९९१ मत ल्याएर पराजित भए।
कार्की ६०५ मतान्तरले विजयी भएका हुन्। कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।