• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गठबन्धनबाट भोट सर्लक्क अर्को पार्टीमा जान्छ भन्ने मान्यता भत्किएको छ : डम्बर खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १८:१२
1140x725

काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गणना अन्तिमतिर आइपुगेको छ। यसपल्टको निर्वाचनमा केही परिवर्तन देखा परेका छन्। भर्खरै गठन भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन र तालमेल दुवैको हिसाब बिगारेको छ। 

यसैगरी खिइँदै गएको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपल्ट पुनरागमन गरेको छ। निर्वाचनमा देखिएको यो परिणामका संकेतका विषयमा राजनीतिक विश्लेषक डम्बर खतिवडासँग डिबी खड्काले गरेको संवाद :

मतगणनाको उत्तरार्द्धतर्फ आइपुग्दा देखिएको नतिजालाई तपाईंले कसरी लिनुभएको छ? 

यसपटकको चुनावलाई ३-४ वटा पोइन्टमा भन्न सकिन्छ। एमालेले आफ्नो भोट बैंक जोगाएको छ। र, उसलाई विगत ५ वर्षमा भएका विभिन्न आरोप जस्तै २ पटक संसद् विघटन गरेको, सरकारलार्ई स्थायित्व दिन नसकेको, झन्डै दुई तिहाइको पार्टीलाई ४ टुक्रा बनाएको, विकास, सुशासन, समृद्धि दिन नसकेको लगायतको आरोपहरू थिए। त्यसका बाबजुद पनि समानुपातिकतर्फ पहिलो भइरहेको छ। उसको हिसाबमा त्यो ठिकै हो। 

यो चुनावमा सबैभन्दा सुरक्षित भनेको कांग्रेस देखिएको छ। यद्यपि कांग्रेसका लागि चुनौती पनि छ। उसले माओवादी लगायतका अन्य ५ दलसँग गरेको गठबन्धनको पोल्टामा पार्न सकेन। मतदाताहरूलाई पनि पार्टीले भनेकै ठाउँमा भोट नहाले पनि हुन्छ भन्ने सचेतना आएको देखाएका छन्। अर्को कुरा कांग्रेसले पनि अन्य पार्टीमा भोट हाल्नको लागि खासै केही गरेको पनि देखिएन। 

जसपा, लोसपालगायतका मदेसकेन्द्रित दलहरू कमजोर भए। नयाँ पार्टीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको उदय आकर्षक र लोभ लाग्दो तरिकाले भएको छ।

राजनीतिमा यति छोटो समयमा पार्टीहरूको उदय विश्व राजनीतिमा कमै भएको छ। रास्वपा तेस्रो अथवा चौथो पार्टी बन्ने देखिन्छ। 

यो चुनावमा सबैभन्दा घाटामा गएको भनेको माओवादी हो। माओवादीले सायद ४१ सिट पाएको थियो। त्यो मध्य अहिले १२ जित र ६ वटामा अग्रता छ। तर काठमाडौं उपत्यकाभित्र पाएका सबै सिट गुमाएको छ। 

Ncell 2
Ncell 2

त्यसो हुनाले यो चुनावमा सबैभन्दा ठूलो घाटा हुने माओवादी र सबैभन्दा फाइदामा भनेको रवि लामिछानेको पार्टी हो। कांग्रेस र एमाले जोगिएका छन्। अनि मधेसवादी  शक्तिहरूलाई नराम्रो घाटा भएको छ।

अहिले भोटको ट्रेन्ड हेर्दा पुराना दलका पनि नयाँ उम्मेदवारलाई भोट आएको, नयाँ दल उदाएको देखियो। यो पुराना दल र पुराना अनुहारप्रतिको वितृष्ण हो वा नयाँप्रतिको भरोसा हो?

दुईवटै हो। ‘पुलिङ एन्ड पुसिङ’ भन्छन् नि, त्यही भएको हो। तान्ने र धकेल्ने शक्ति क्रियाशील हुन्छ अनि मात्रै केही रिजल्ट आउँछ, क्रियाशील हुन्छ अनि मात्रै केही रिजल्ट आउँछ। पुराना दल र नेताहरूबीचमा पर्याप्त रूपमा बदनाम भएको पनि छन्। 

विशेष त ठूला दलका शीर्ष नेताहरूको कार्यशैली, वहाँहरूको सिन्डिकेट तन्त्र, वहाँहरूको राष्ट्र र जनताप्रतिको लापरवाह र राज्य सञ्चालनमा देखिएको एक प्रकारको असक्षमताले नयाँ पुस्ता आक्रान्त थियो। विगत केही दशकदेखि जता पनि तिनै नेताहरूको अनुहार देखेर, उनीहरूको भाषण सुनेर मानिसहरूलाई घाँटी-घाँटी भएको थियो। 

अर्कोतिर नयाँ पुस्ताको जनसंख्यामा पनि र मतदाताको अनुपात उल्लेख्य रहेको छ। वैशाखको स्थानीय चुनावदेखि अहिलेसम्मको चुनावमा भोट हाल्ने नयाँ मतदाता ३० लाख छ भन्ने छ। अर्कोकुरा डिजिटल लेभलुसन भएको छ। यसलाई बुझ्न गाह्रो भएको छ। हामीले यसलाई प्रयोग चाहिँ गरिरहेका छौं। राजनीतिमा यसले ठूलो असर गरेको छ। मतदाता र युवा मतदातामा ठूलो असर परेको देखिन्छ।

शीर्ष नेतालाई नयाँ हावाले किन छोएन?
मुख्यगरी  ४ वटा ठूला दलका नेताहरूमा झलनाथ खनालको अहिले टुङ्गो छैन। बाबुराम उठ्दै उठेनन्। देउवाले जितिसकेका छन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवले नेपालले जितिसकेका छन्। वहाँहरु आफ्नो पार्टीको पकेट क्षेत्र पुगेका कारण जित्नुभएको हो। 

राष्ट्रिय स्तरको चुनाव भएको भए वहाँहरू पक्कै हार्नुहुन्थ्यो। यदि यो राष्ट्रिपतीय प्रणाली हुन्थ्यो भने उनीहरूले शतप्रतिशत हार्ने चान्स थियो। वहाँहरूलाई संसदीय व्यवस्थाले जुन निर्वाचन क्षेत्रहरू निर्माण गर्‍यो, त्यो सानो आकारको र सानो जनसङ्ख्याको छ। त्यसमा पनि उनीहरू छानी-छानी उठेका छन्। भक्तपुरबाट उठेको भए ओली हार्ने थिए।

काठमाडौं- २ बाट उठेको भए माधव कुमारले हार्नुहुन्थ्यो। चितवनबाट उठेको हो भने प्रचण्डले हार्ने सम्भावना थियो। यस्तै देउवाले पनि डडेलधुराभन्दा अन्य स्थानमा जान सकेका छैनन्।

उनीहरू साना-साना पकेटमा उठेर जितेका छन्। यद्यपि उनीहरूको प्रभाव राष्ट्रिय राजनीतिमा त देखिने नै भयो। पकेट साइकोलोजीमा खेलेर जितेको हुनाले ‘नेसनल साइकोलोजी’ वहाँहरूको स्थान र सम्मान खासै छैन। 

तपाईंले भनेको जस्तै राष्ट्रिय राजनीतिको मनोविज्ञानको कुरा गर्ने हो भने वहाँहरूले यो चुनाव हारेको हो?

हारेको हो। किनभने वहाँहरूले सञ्चालन गरेको संस्था, वहाँहरूले ग्रुमिङ गरेका मान्छेको के हालत भयो त?

पार्टीको दोस्रो पुस्ताहरू नै पनि जोगिन मुस्किल परेको देखिन्छ। शीर्ष नेताहरुको ‘एसम्यान’ भएको जवाफ जनताले दिएका हुन्?

हो।  यो दोस्रो पुस्तामा आत्मसमर्पणवाद, चाकरी, आफ्नो टिकट सुरक्षित गर्ने देखियो। आफूलाई जनभावना अनुसारको नेताभन्दा पनि किचन क्याबिनेटको सदस्य बन्ने  क्रम देखियो। आफू क्रियटिभ काम नगर्ने देखिएको छ। यस्तै आफूभन्दा अगाडिका नेताहरूलाई प्रश्न नगर्ने, जस्तै ओलीले संसद् विघटन गर्दा शंकर पोखरेलले प्रश्न गर्न सक्नुपर्थ्यो। किनभने उनी त मदन भण्डारीको जनताको बहुदलीय जनवादको ठूलो व्याख्याताको रूपमा हेरिन्थ्यो। 

पोखरेलले यदि जनताको बहुदलीय जनवाद बुझेको, मदन भण्डारी पढेका थिए, संविधानको सर्वोच्चताको सिद्धान्त बुझेका थिए भने त ओलीलाई संसद् विघटन नगर्न भन्न सक्थे। यदि ओलीले त्यसो गरे पनि म यसको समर्थनमा छैन भनेर खबरदारी गर्न सक्नुपर्थ्यो। अनि न उनी नेता हुन्थे। उनी त नेता भएनन्। उनी त ओलीको अनुयायी भए। 

कोही कसैको अनुयायी हो भने उसलाई किन नेता मान्ने? यिनीहरू कोही नेता जस्तो देखिएनन्। यो प्रश्न त मतदाताकोमा उठ्यो नि। यसले उनीहरूलाई किचन क्याबिनेटको सहयोगी, चाकर, विभिन्न गुटका सदस्य मात्रै देखियो। त्यसैले यिनीहरूको हैसियत राम्रो देखिएन। यो कुरा बुझेर नै मतदाताले भोट नदिएको हो। यिनीहरूलाई भोट दिएर यिनीहरूबाट कुनै क्रियटिभ आइडिया छैन। 

आलोचनात्मक चेत छैन। ओली नै सबै भएपछि शंकर पोखरेललाई किन मत दिने? राजन भट्टराई, महेश बस्नेत लगायतलाई किन भोट दिने? भन्ने मानसिकता आम मतदाताले बनाएको देखिन्छ। 

अहिले जुन–जुन प्याटर्न देखिएको छ, त्यसले पार्टीका किल्ला भत्किएको देखिएको छ। के उनीहरू त्यो पार्टीको विरासतबाट बाहिर निस्किएका हुन्?

यो पटकको चुनावको सन्तोषजनक र रमाइलो कुरा नै यही नै हो। मतदाता अब कतै स्थायी छैन भन्ने देखियो। अहिलेको परिणामले नीति पनि त्यही पार्टी हुने, भोट फेर्नु हुँदैन, भोट फेर्‍यो भने अनैतिक हुन्छ, जुन पार्टीमा जन्मेको हो, त्यही पार्टीको झन्डा ओढेर मर्नुपर्छ भन्ने हटेको छ।

अब सायदै मान्छे होलान्, जसले जिन्दगी भरी एउटै पार्टीलाई भोट हालेको होस्। हरेक मानिसले २/४ पार्टीमा भोट हालिसकेका छन्। देउवाले हँसिया हथौडामा, प्रचण्डले रुखमा, ओलीले हलोमा भोट हालिसके, अरूले चाहिँ के बार्नु पर्ने हो?

यही परम्पराको अन्त्यका  लागि गठबन्धन र तालमेल गरेकोमा धन्यावाद दिने हो?
यो गठबन्धन र तालमेलको कारण चुनावमा एउटै चिन्हमा भोट हाल्नुपर्ने बाध्यताबाट हटेको हो। लोकतन्त्रको मतदाता भनेको त सचेत नागरिक हो। उसले पार्टी, विचार, अजेण्डा सिद्धान्त  हेरेर मन परेकोलाई मात्रै भोट दिन्छ। मन पर्दा दिने मन नपर्दा नदिने भनेको त राम्रो हो नि। 

के नेपाली जनताले तालमेल र गठबन्धन अस्वीकार गरेका हुन्?
एमालेले तालमेल गरेर बोकेका मानिसहरू कसैको पनि राम्रो हालत भएन। अर्कोतिर कांग्रेसको भोट अन्त जान मानेनन्। गठबन्धनबाट भोट सर्लक्क अर्को पार्टीमा जान्छ भन्ने मान्यता भत्किएको छ। 

तपाईं वैकल्पिक राजनीतिको लागि पनि पक्ष पोषण गर्नुहुन्छ। पछिल्लो समय आएका प्रयास सफल हुन सकेनन् तर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि सारेका छन्। के त्यसले वैकल्पिक राजनीतिको भार थाम्न सक्छ?

त्यो त हेर्नुपर्छ। रविको पार्टीले त्यो अवसर किन पायो भने यसपालीको चुनावमा उसको विकल्पमा अन्य दल थिएनन्। विवेकशील साझालाई मिश्रले एक प्रकारको ‘मिनी राप्रपा’ बनाए भागे। 

त्यहाँबाट केही साथीहरूले आफैं हिँडेका छन्। नयाँ शक्तिको धार बाबुरामले माओवादीमा मिसाएका छन्। 

वैकल्पिक राजनीतिक शक्ति नभएको र अन्य दलसँग असन्तुष्ट मतदाताहरूले रास्वपलाई फाइदा पुगेको हो। अहिले उनीहरूले आफ्नो नीति, सिद्धान्त, विचार, मूल्यमान्यता, पार्टी चलाउने प्रक्रिया, पारदर्शिताको तरिका के हो, नेतृत्व चयनको प्रक्रिया के हो आदि कुरा थाहा नै छैन। 

जिन्दगीभर नबोली बस्नुपर्‍यो। अब संसद्मा नबोल्ने कुरा हैन होला। त्यहाँ पुग्दा उनीहरूको अवस्था के हुन्छ। वहाँहरू अहिले परीक्षाको ३ घण्टामा हुनुहुन्छ। त्यो परीक्षामा वहाँहरूको के हुन्छ? वहाँहरू संसद्मा आएर काम गरेपछि मात्रै मूल्यांकन हुन्छ। 

मधेसमा एउटा धार थियो। ३१ प्रतिशतसम्म मधेसको प्रतिनिधित्व भएको थियो। अहिले स्थिति हेर्दा केही पुरानै दलतिर फर्किएका वा केही सिके राउतलगायतका मानिसहरूको पार्टीमा गएको देखिन्छ। के पुराना मधेसवादी दलहरूले मधेसको मुद्दा बोक्न सक्दैनन् भन्ने भएको हो?

बारम्बार त्यहाँका साथीहरूलाई भेट्दा मैले पहिचान र समावेशिताको मुद्दाले मात्रै लामो राजनीति गर्न सकिँदैन भनेको हो। राजनीतिमा दुईवटा पाटो हुन्छ। पहिचान र समावेशिताको कुरातिर एकातिर आर्थिक विकास अर्कोतर्फको पाटो हो। 

अधिकांस पार्टीहरूले यो एउटा मात्रै मुद्दा बोकेर हिँडेका छन्। जब सभ्य सुसंस्कृत राजनीतिक संस्कृति दिनुपर्ने हो। वहाँहरूले मधेस सरकार बनाउनुभयो। त्यो मार्फत् काम गरेर देखाउनुपर्ने हो। तर त्यहाँ उनीहरू चुक्नुभयो। 

उनीहरू सबैजना मिलेर जसपा बनाए। महन्त ठाकुर, राजेन्द्र महतो ओली सरकार जोगाउन जानुभयो। फेरि उपेन्द्रजी २/४ सिटको लागि गठबन्धन छोडेर एमालेतिर जानुभयो। यो सबै घटनाको रेटाइमा मधेसको राजनीतिमा परेका छन्। यसको अर्थ उनीहरूलाई नजरअन्दाज भने गर्न मिल्दैन। 

नेपालको राजनीतिमा त्यो पनि पोलिटिकल स्पेस हो। कुनैमा जित्छ, कुनैमा हार्छ। यो २०१५ सालको चुनावदेखि नै यस्तो हुँदैछ। १५ सालको चुनावमा पनि तराई कांग्रेस भन्ने एउटा पार्टी थियो। पछि हामीले सद्भावना पनि देखियो। फोरमको युग पनि देखियो। त्यसैले तराई एउटा राजनीतिक स्पेस हो। सिके राउतले पूर्व र रेसम चौधरीले पश्चिममा नेतृत्व गरेको देख्न सकिन्छ। अझभन्दा जसपा र लोसपाको युग सकिएर जनमत र नागरिक उन्मुक्ति पार्टीको युग सुरु भएको हो कि?
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE)
सम्बन्धित सामग्री
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स... बिहीबार, पुस २४, २०८२
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
ताजा समाचारसबै
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्