• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गठबन्धनबाट भोट सर्लक्क अर्को पार्टीमा जान्छ भन्ने मान्यता भत्किएको छ : डम्बर खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १८:१२
1140x725

काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गणना अन्तिमतिर आइपुगेको छ। यसपल्टको निर्वाचनमा केही परिवर्तन देखा परेका छन्। भर्खरै गठन भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धन र तालमेल दुवैको हिसाब बिगारेको छ। 

यसैगरी खिइँदै गएको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपल्ट पुनरागमन गरेको छ। निर्वाचनमा देखिएको यो परिणामका संकेतका विषयमा राजनीतिक विश्लेषक डम्बर खतिवडासँग डिबी खड्काले गरेको संवाद :

मतगणनाको उत्तरार्द्धतर्फ आइपुग्दा देखिएको नतिजालाई तपाईंले कसरी लिनुभएको छ? 

यसपटकको चुनावलाई ३-४ वटा पोइन्टमा भन्न सकिन्छ। एमालेले आफ्नो भोट बैंक जोगाएको छ। र, उसलाई विगत ५ वर्षमा भएका विभिन्न आरोप जस्तै २ पटक संसद् विघटन गरेको, सरकारलार्ई स्थायित्व दिन नसकेको, झन्डै दुई तिहाइको पार्टीलाई ४ टुक्रा बनाएको, विकास, सुशासन, समृद्धि दिन नसकेको लगायतको आरोपहरू थिए। त्यसका बाबजुद पनि समानुपातिकतर्फ पहिलो भइरहेको छ। उसको हिसाबमा त्यो ठिकै हो। 

यो चुनावमा सबैभन्दा सुरक्षित भनेको कांग्रेस देखिएको छ। यद्यपि कांग्रेसका लागि चुनौती पनि छ। उसले माओवादी लगायतका अन्य ५ दलसँग गरेको गठबन्धनको पोल्टामा पार्न सकेन। मतदाताहरूलाई पनि पार्टीले भनेकै ठाउँमा भोट नहाले पनि हुन्छ भन्ने सचेतना आएको देखाएका छन्। अर्को कुरा कांग्रेसले पनि अन्य पार्टीमा भोट हाल्नको लागि खासै केही गरेको पनि देखिएन। 

जसपा, लोसपालगायतका मदेसकेन्द्रित दलहरू कमजोर भए। नयाँ पार्टीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको उदय आकर्षक र लोभ लाग्दो तरिकाले भएको छ।

राजनीतिमा यति छोटो समयमा पार्टीहरूको उदय विश्व राजनीतिमा कमै भएको छ। रास्वपा तेस्रो अथवा चौथो पार्टी बन्ने देखिन्छ। 

यो चुनावमा सबैभन्दा घाटामा गएको भनेको माओवादी हो। माओवादीले सायद ४१ सिट पाएको थियो। त्यो मध्य अहिले १२ जित र ६ वटामा अग्रता छ। तर काठमाडौं उपत्यकाभित्र पाएका सबै सिट गुमाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो हुनाले यो चुनावमा सबैभन्दा ठूलो घाटा हुने माओवादी र सबैभन्दा फाइदामा भनेको रवि लामिछानेको पार्टी हो। कांग्रेस र एमाले जोगिएका छन्। अनि मधेसवादी  शक्तिहरूलाई नराम्रो घाटा भएको छ।

अहिले भोटको ट्रेन्ड हेर्दा पुराना दलका पनि नयाँ उम्मेदवारलाई भोट आएको, नयाँ दल उदाएको देखियो। यो पुराना दल र पुराना अनुहारप्रतिको वितृष्ण हो वा नयाँप्रतिको भरोसा हो?

दुईवटै हो। ‘पुलिङ एन्ड पुसिङ’ भन्छन् नि, त्यही भएको हो। तान्ने र धकेल्ने शक्ति क्रियाशील हुन्छ अनि मात्रै केही रिजल्ट आउँछ, क्रियाशील हुन्छ अनि मात्रै केही रिजल्ट आउँछ। पुराना दल र नेताहरूबीचमा पर्याप्त रूपमा बदनाम भएको पनि छन्। 

विशेष त ठूला दलका शीर्ष नेताहरूको कार्यशैली, वहाँहरूको सिन्डिकेट तन्त्र, वहाँहरूको राष्ट्र र जनताप्रतिको लापरवाह र राज्य सञ्चालनमा देखिएको एक प्रकारको असक्षमताले नयाँ पुस्ता आक्रान्त थियो। विगत केही दशकदेखि जता पनि तिनै नेताहरूको अनुहार देखेर, उनीहरूको भाषण सुनेर मानिसहरूलाई घाँटी-घाँटी भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्कोतिर नयाँ पुस्ताको जनसंख्यामा पनि र मतदाताको अनुपात उल्लेख्य रहेको छ। वैशाखको स्थानीय चुनावदेखि अहिलेसम्मको चुनावमा भोट हाल्ने नयाँ मतदाता ३० लाख छ भन्ने छ। अर्कोकुरा डिजिटल लेभलुसन भएको छ। यसलाई बुझ्न गाह्रो भएको छ। हामीले यसलाई प्रयोग चाहिँ गरिरहेका छौं। राजनीतिमा यसले ठूलो असर गरेको छ। मतदाता र युवा मतदातामा ठूलो असर परेको देखिन्छ।

शीर्ष नेतालाई नयाँ हावाले किन छोएन?
मुख्यगरी  ४ वटा ठूला दलका नेताहरूमा झलनाथ खनालको अहिले टुङ्गो छैन। बाबुराम उठ्दै उठेनन्। देउवाले जितिसकेका छन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवले नेपालले जितिसकेका छन्। वहाँहरु आफ्नो पार्टीको पकेट क्षेत्र पुगेका कारण जित्नुभएको हो। 

राष्ट्रिय स्तरको चुनाव भएको भए वहाँहरू पक्कै हार्नुहुन्थ्यो। यदि यो राष्ट्रिपतीय प्रणाली हुन्थ्यो भने उनीहरूले शतप्रतिशत हार्ने चान्स थियो। वहाँहरूलाई संसदीय व्यवस्थाले जुन निर्वाचन क्षेत्रहरू निर्माण गर्‍यो, त्यो सानो आकारको र सानो जनसङ्ख्याको छ। त्यसमा पनि उनीहरू छानी-छानी उठेका छन्। भक्तपुरबाट उठेको भए ओली हार्ने थिए।

काठमाडौं- २ बाट उठेको भए माधव कुमारले हार्नुहुन्थ्यो। चितवनबाट उठेको हो भने प्रचण्डले हार्ने सम्भावना थियो। यस्तै देउवाले पनि डडेलधुराभन्दा अन्य स्थानमा जान सकेका छैनन्।

उनीहरू साना-साना पकेटमा उठेर जितेका छन्। यद्यपि उनीहरूको प्रभाव राष्ट्रिय राजनीतिमा त देखिने नै भयो। पकेट साइकोलोजीमा खेलेर जितेको हुनाले ‘नेसनल साइकोलोजी’ वहाँहरूको स्थान र सम्मान खासै छैन। 

तपाईंले भनेको जस्तै राष्ट्रिय राजनीतिको मनोविज्ञानको कुरा गर्ने हो भने वहाँहरूले यो चुनाव हारेको हो?

हारेको हो। किनभने वहाँहरूले सञ्चालन गरेको संस्था, वहाँहरूले ग्रुमिङ गरेका मान्छेको के हालत भयो त?

पार्टीको दोस्रो पुस्ताहरू नै पनि जोगिन मुस्किल परेको देखिन्छ। शीर्ष नेताहरुको ‘एसम्यान’ भएको जवाफ जनताले दिएका हुन्?

हो।  यो दोस्रो पुस्तामा आत्मसमर्पणवाद, चाकरी, आफ्नो टिकट सुरक्षित गर्ने देखियो। आफूलाई जनभावना अनुसारको नेताभन्दा पनि किचन क्याबिनेटको सदस्य बन्ने  क्रम देखियो। आफू क्रियटिभ काम नगर्ने देखिएको छ। यस्तै आफूभन्दा अगाडिका नेताहरूलाई प्रश्न नगर्ने, जस्तै ओलीले संसद् विघटन गर्दा शंकर पोखरेलले प्रश्न गर्न सक्नुपर्थ्यो। किनभने उनी त मदन भण्डारीको जनताको बहुदलीय जनवादको ठूलो व्याख्याताको रूपमा हेरिन्थ्यो। 

पोखरेलले यदि जनताको बहुदलीय जनवाद बुझेको, मदन भण्डारी पढेका थिए, संविधानको सर्वोच्चताको सिद्धान्त बुझेका थिए भने त ओलीलाई संसद् विघटन नगर्न भन्न सक्थे। यदि ओलीले त्यसो गरे पनि म यसको समर्थनमा छैन भनेर खबरदारी गर्न सक्नुपर्थ्यो। अनि न उनी नेता हुन्थे। उनी त नेता भएनन्। उनी त ओलीको अनुयायी भए। 

कोही कसैको अनुयायी हो भने उसलाई किन नेता मान्ने? यिनीहरू कोही नेता जस्तो देखिएनन्। यो प्रश्न त मतदाताकोमा उठ्यो नि। यसले उनीहरूलाई किचन क्याबिनेटको सहयोगी, चाकर, विभिन्न गुटका सदस्य मात्रै देखियो। त्यसैले यिनीहरूको हैसियत राम्रो देखिएन। यो कुरा बुझेर नै मतदाताले भोट नदिएको हो। यिनीहरूलाई भोट दिएर यिनीहरूबाट कुनै क्रियटिभ आइडिया छैन। 

आलोचनात्मक चेत छैन। ओली नै सबै भएपछि शंकर पोखरेललाई किन मत दिने? राजन भट्टराई, महेश बस्नेत लगायतलाई किन भोट दिने? भन्ने मानसिकता आम मतदाताले बनाएको देखिन्छ। 

अहिले जुन–जुन प्याटर्न देखिएको छ, त्यसले पार्टीका किल्ला भत्किएको देखिएको छ। के उनीहरू त्यो पार्टीको विरासतबाट बाहिर निस्किएका हुन्?

यो पटकको चुनावको सन्तोषजनक र रमाइलो कुरा नै यही नै हो। मतदाता अब कतै स्थायी छैन भन्ने देखियो। अहिलेको परिणामले नीति पनि त्यही पार्टी हुने, भोट फेर्नु हुँदैन, भोट फेर्‍यो भने अनैतिक हुन्छ, जुन पार्टीमा जन्मेको हो, त्यही पार्टीको झन्डा ओढेर मर्नुपर्छ भन्ने हटेको छ।

अब सायदै मान्छे होलान्, जसले जिन्दगी भरी एउटै पार्टीलाई भोट हालेको होस्। हरेक मानिसले २/४ पार्टीमा भोट हालिसकेका छन्। देउवाले हँसिया हथौडामा, प्रचण्डले रुखमा, ओलीले हलोमा भोट हालिसके, अरूले चाहिँ के बार्नु पर्ने हो?

यही परम्पराको अन्त्यका  लागि गठबन्धन र तालमेल गरेकोमा धन्यावाद दिने हो?
यो गठबन्धन र तालमेलको कारण चुनावमा एउटै चिन्हमा भोट हाल्नुपर्ने बाध्यताबाट हटेको हो। लोकतन्त्रको मतदाता भनेको त सचेत नागरिक हो। उसले पार्टी, विचार, अजेण्डा सिद्धान्त  हेरेर मन परेकोलाई मात्रै भोट दिन्छ। मन पर्दा दिने मन नपर्दा नदिने भनेको त राम्रो हो नि। 

के नेपाली जनताले तालमेल र गठबन्धन अस्वीकार गरेका हुन्?
एमालेले तालमेल गरेर बोकेका मानिसहरू कसैको पनि राम्रो हालत भएन। अर्कोतिर कांग्रेसको भोट अन्त जान मानेनन्। गठबन्धनबाट भोट सर्लक्क अर्को पार्टीमा जान्छ भन्ने मान्यता भत्किएको छ। 

तपाईं वैकल्पिक राजनीतिको लागि पनि पक्ष पोषण गर्नुहुन्छ। पछिल्लो समय आएका प्रयास सफल हुन सकेनन् तर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि सारेका छन्। के त्यसले वैकल्पिक राजनीतिको भार थाम्न सक्छ?

त्यो त हेर्नुपर्छ। रविको पार्टीले त्यो अवसर किन पायो भने यसपालीको चुनावमा उसको विकल्पमा अन्य दल थिएनन्। विवेकशील साझालाई मिश्रले एक प्रकारको ‘मिनी राप्रपा’ बनाए भागे। 

त्यहाँबाट केही साथीहरूले आफैं हिँडेका छन्। नयाँ शक्तिको धार बाबुरामले माओवादीमा मिसाएका छन्। 

वैकल्पिक राजनीतिक शक्ति नभएको र अन्य दलसँग असन्तुष्ट मतदाताहरूले रास्वपलाई फाइदा पुगेको हो। अहिले उनीहरूले आफ्नो नीति, सिद्धान्त, विचार, मूल्यमान्यता, पार्टी चलाउने प्रक्रिया, पारदर्शिताको तरिका के हो, नेतृत्व चयनको प्रक्रिया के हो आदि कुरा थाहा नै छैन। 

जिन्दगीभर नबोली बस्नुपर्‍यो। अब संसद्मा नबोल्ने कुरा हैन होला। त्यहाँ पुग्दा उनीहरूको अवस्था के हुन्छ। वहाँहरू अहिले परीक्षाको ३ घण्टामा हुनुहुन्छ। त्यो परीक्षामा वहाँहरूको के हुन्छ? वहाँहरू संसद्मा आएर काम गरेपछि मात्रै मूल्यांकन हुन्छ। 

मधेसमा एउटा धार थियो। ३१ प्रतिशतसम्म मधेसको प्रतिनिधित्व भएको थियो। अहिले स्थिति हेर्दा केही पुरानै दलतिर फर्किएका वा केही सिके राउतलगायतका मानिसहरूको पार्टीमा गएको देखिन्छ। के पुराना मधेसवादी दलहरूले मधेसको मुद्दा बोक्न सक्दैनन् भन्ने भएको हो?

बारम्बार त्यहाँका साथीहरूलाई भेट्दा मैले पहिचान र समावेशिताको मुद्दाले मात्रै लामो राजनीति गर्न सकिँदैन भनेको हो। राजनीतिमा दुईवटा पाटो हुन्छ। पहिचान र समावेशिताको कुरातिर एकातिर आर्थिक विकास अर्कोतर्फको पाटो हो। 

अधिकांस पार्टीहरूले यो एउटा मात्रै मुद्दा बोकेर हिँडेका छन्। जब सभ्य सुसंस्कृत राजनीतिक संस्कृति दिनुपर्ने हो। वहाँहरूले मधेस सरकार बनाउनुभयो। त्यो मार्फत् काम गरेर देखाउनुपर्ने हो। तर त्यहाँ उनीहरू चुक्नुभयो। 

उनीहरू सबैजना मिलेर जसपा बनाए। महन्त ठाकुर, राजेन्द्र महतो ओली सरकार जोगाउन जानुभयो। फेरि उपेन्द्रजी २/४ सिटको लागि गठबन्धन छोडेर एमालेतिर जानुभयो। यो सबै घटनाको रेटाइमा मधेसको राजनीतिमा परेका छन्। यसको अर्थ उनीहरूलाई नजरअन्दाज भने गर्न मिल्दैन। 

नेपालको राजनीतिमा त्यो पनि पोलिटिकल स्पेस हो। कुनैमा जित्छ, कुनैमा हार्छ। यो २०१५ सालको चुनावदेखि नै यस्तो हुँदैछ। १५ सालको चुनावमा पनि तराई कांग्रेस भन्ने एउटा पार्टी थियो। पछि हामीले सद्भावना पनि देखियो। फोरमको युग पनि देखियो। त्यसैले तराई एउटा राजनीतिक स्पेस हो। सिके राउतले पूर्व र रेसम चौधरीले पश्चिममा नेतृत्व गरेको देख्न सकिन्छ। अझभन्दा जसपा र लोसपाको युग सकिएर जनमत र नागरिक उन्मुक्ति पार्टीको युग सुरु भएको हो कि?
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्