• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ह्याट्रिक गर्ने सांसदहरू...

64x64
धनु विश्वकर्मा शुक्रबार, मंसिर ९, २०७९  २१:४८
1140x725

काठमाडौं– प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना जारी छ। १४ जना सांसदले भने निरन्तर विसं २०७०यता ह्याट्रिक गरिरहेका छन्। नेपाली कांग्रेसका ६, एमालेका ४, माओवादीका ३ र समाजवादीका १ जना निरन्तर संसदमा आइरहेका छन्। 

उसो त ०४८ सालदेखि निरन्तर निर्वाचित हुने सांसद  पनि छन्। उदयपुर–१ र रुपन्देही–२ मा मतगणना जारी छ। एमालेका विष्णु पौडेल र कांग्रेसका नारायण खड्काले निकाल्न सके भने यो सङ्ख्या १६ पुग्ने छ। 

दुवैले अग्रता लिइराखेका छन्। पराजित भए ह्याट्रिकमा ‘ब्रेक’ लाग्नेछ। 

नेपाली कांग्रेस 
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–१ बाट प्रकाशमान सिंह विजयी भए। सिंहले ७ हजार १ सय ४३ मत ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८  मत ल्याए। 

उनी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। उनी ०४८ र ०५१ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ र काठमाडौं–३ मा पराजित भएका थिए। ०५२मा राष्ट्रिय सभा सदस्य भएका उनी ०६४, ०७० र ०७४को निर्वाचनमा काठमाडौं– १ बाट निर्वाचित भएका थिए। छैठौँ पटक उनी संसदमा पुगेका छन्।

काठमाडौं–४ बाट गगनकुमार थापा विजयी भए। थापाले २१ हजार ३ सय २ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए। 

उनी ०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भएका थिए। ०७० र ०७४ को निर्वाचनमा काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। 

काठमाडौं–१० बाट राजन केसी निर्वाचित भए। राजनले १४ हजार ४ सय ४८ मत प्राप्त गर्दा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका छन्। उनी ०७० र ०७४ को निर्वाचनमा काठमाडौं–१० बाट निर्वाचित भएका थिए।

nimb
nimb

नवलपरासी पूर्व–१ बाट सशांक कोइराला निर्वाचित भए। सशांकले २७ हजार १ सय २७ मत ल्याएर विजयी भए। एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत ल्याएका छन्। कोइराला सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। उनी ०६४ र ०७०को संविधान सभा निर्वाचनमा तत्कालीन नवलपरासी–१बाट निर्वाचित भएका थिए। प्रतिनिधि सभा निर्वाचन ०७४ मा भने नवलपरासी पूर्व– १ बाट निर्वाचित भएका थिए।

बर्दिया २बाट संजय कुमार गौतम निर्वाचित भए। गौतमले ३० हजार ६ सय ११ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी एमालेका लक्ष्मराज ज्ञवालीले भने २६ हजार १ सय ५५ मत ल्याएका छन्। गौतम सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। ०७० को संविधान सभा निर्वाचनमा बर्दिया– २ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया– १ बाट निर्वाचित भए।

डडेल्धुराबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भए। उनले २५ हजार ५ सय ३४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याए। देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए।  

देउवा ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए। उनी ०६४मा कञ्चनपुर–४ र ०७० मा कैलाली–६बाट पनि विजयी भएका थिए। 

उनी सातौँ पटक संसदमा टेक्ने देउवा एक मात्र सांसद बनेका छन्। 

एमाले
झापा–५बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरका साथ विजयी भएका छन्। ओलीले ४२ हजार ३ सय १९ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका छन्। ०४८, ०५१ र ०५६मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी झापा–६बाट निर्वाचित भएका थिए। ०६४मा झापा–७ बाट पराजित भएका उनी ०७० मा झापा–७ बाटै निर्वाचित भए। 

०७४ मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनी झापा–५ बाट निर्वाचित भएका थिए। 

अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा नेपाली कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन्।  रायमाझी ०६४ र ०७० मा भएका दुवै संविधान सभा निर्वाचनमा अर्घाखाँची–१ बाट निर्वाचित भएका थिए। त्यस्तै, ०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए।

गुल्मी–२ बाट गोकर्ण विष्टले २८ हजार ४ सय ७६ मतसहित निर्वाचित भएका छन्। उनकी निकटतम् प्रतिस्पर्धी एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीले भने २६ हजार ४ सय ४२ मत ल्याएकी छन्। यहाँ पूर्व एमालेहरूबीच प्रतिष्पर्धा  भएको हो। विष्ट ०५६को प्रतिनिधि सभा निर्वाचनमा गुल्मी–३, ०७० को संविधान सभा निर्वाचनमा गुल्मी–३ र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा गुल्मी–२ बाट निर्वाचित भएका थिए। 

०६४ को संविधान सभा निर्वाचनमा भने गुल्मी– ३ बाट पराजित भएका थिए।

बैतडीबाट एमालेका दमोदर भण्डारीले ३३ हजार ६ सय ११ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन्। भण्डारी ०६४मा बैतडी– १ र ०७४ मा बैतडीबाट निर्वाचित भएका थिए।

माओवादी
गोरखा–२ बाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन्। अध्यक्ष दाहालले २६ हजार १ सय ३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएका छन्। प्रचण्ड सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। प्रचण्ड ०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका थिए।

०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा सिरहा– ५ बाट विजयी भएका थिए भने काठमाडौं– १० बाट पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ बाट निर्वाचन भएका थिए। त्यतिबेला उनी एमाले र माओवादी केन्द्रले बनाएको वाम गठबन्धनको साझा उम्मेदवार थिए।

जाजरकोट–१ बाट शक्ति बहादुर बस्नेत निर्वाचित भएका छन्। बस्नेतले ३४ हजार १ सय ५१ मत ल्याउँदा एमालेका निरजप्रसाद आचार्यले भने २५ हजार १ सय २० मत ल्याएका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। बस्नेत ०७० र ०७४ मा जाजरकोट–१ बाट प्रत्यक्ष निर्वाचित भइसकेका छन्।

रुकुम पश्चिम–१ बाट माओवादीका जनार्दन शर्मा निर्वाचित भएका छन्। अर्थमन्त्री समेत रहेका शर्माले ३९ हजार ५ सय ४९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गरेका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। 

शर्माको संसदीय यात्रा ०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भएसँगै सुरु भएको हो। उनी ०६४ र ०७०को संविधानसभा तथा ०७४को प्रतिनिधि सभामा सदस्य भएका थिए।

एकिकृत समाजवादी
रौतहट–१बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन्। उनी काठमाडौं–२, ०७० मा काठमाडौ–२ रौतहट र ०७४ मा काठमाडौं २ बाट निर्वाचित भएका थए।

डोटी–१ बाट प्रेमबहादुर आले विजयी भएका छन्। आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी एमालेका गौरी ओलीले २३ हजार ४ मत ल्याएका छन्। 

आले सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका थिए। आले ०७० को संविधान सभा निर्वाचनमा डोटी–२ बाट निर्वाचित भएका थिए।

त्यस्तै, ०७४ को प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित भएका थिए। उनले वन तथा वातावरण हुँदै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मियामीको जितमा मेसीको ४ गोल आइतबार, भदौ १४, २०८३
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर) आइतबार, भदौ १४, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्