डडेल्धुरा- डडेल्धुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनी ११ हजार १६२ मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचन भएका हुन्।
प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४२५ मतले पराजित गरी जोशी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी बोहराले १० हजार ७३७ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।