काठमाडौं- रौतहटमा आगलागी हुँदै एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गौर नगरपालिका–१ माइस्थानचोकमा रहेको इस्लाम सिरक डसना गोदाममा आगलागी भएको थियो।
आगलागी हुँदा रौतहट गौर नगरपालिका–१ का महम्द इस्लाम मियाँको छोरी ९ वर्षीया रोक्शाना खातुन, ७ वर्षीय छोरा इमरान मन्सुरी र ५ वर्षीया छोरी सबना खातुनको मृत्यु भएको रौतटह प्रहरीका प्रवक्ता तथा डीएसपी सुनिल मल्लले बताए।
बुधबार राति साढे ११ बजे लागेको आगो प्रहरी, सशस्त्र, सेना र स्थानीयको सहयोगमा बिहिनीपख २ बजे नियन्त्रणा लिइएको थियो।
आगलागीमा परेर तीन जना घाइते भएका छन्। रसुल मियाँको छोरी २४ वर्षीया नसिमा खातुन, २५ वर्षका मोहम्मद इसराइल, ८ वर्षीय मोहम्म इरमान घाइते भएका छन्।
प्रदेशिक अस्पताल गौर र बिरगंज न्यूरो अस्पतालमा उनीहरुको उपचार भइरहेको छ। आगलागीबाट ४० बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।