काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्। मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ लोसपाको यो पहिलो जित हो। मधेश प्रदेशमा लोसपा महोत्तरी २ र ३ मा अगाडि छ।
सर्लाही- १ को मत परिणाम अनुसार लोकतान्त्रिक समाजवादीका उम्मेदवार चौधरीले २४ हजार ८ सय ३८ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याएका छन्। जसपाका उम्मेदवार प्रमोद साहले १४ हजार २५५ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार खड्काभन्दा लोसपाका चौधरी ६ हजार ४६४ बढी मत प्राप्त गरी विजयी भएका हुन्।
प्रतिनिधि सभामा लोसपा नेता सवेन्द्रनाथ सुक्ला रुपन्देही- ४ बाट निर्वाचित भएका थिए। अहिलेसम्म लोसपाले २ स्थानमा जितेको छ।
प्रदेशतर्फ मधेशमा लोसपाका ५ सदस्य निर्वाचित
प्रदेशतर्फ मधेश प्रदेशमा लोसपाले अहिलेसम्म पाँच क्षेत्रमा जित हात पारेको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्रको दुवै प्रदेश सभामा लोसपा जित पारेको छ। महोत्तरी क्षेत्र नम्बर ३ को कबाट अभिराम शर्मा र खबाट रानी तिवारी निर्वाचित भएकी छिन्।
त्यसैगरी सर्लाहीको १ को कमा लोसपाकै उपेन्द्र महतोले जितेका छन् भने बारा- ४ को खबाट जितेन्द्र सोनल र पर्सा- २ को खबाट रमेश पटेल निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।