काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
पौडेलले एमालेका उम्मेदवार एकबहादुर रानालाई पराजित गर्दै विजयी हासिल गरेका हुन्। पौडेल ५३७३ मतको मतान्तर सहित निर्वाचित भएका हुन्।
पौडेलले २५ हजार ३१६ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।