काठमाडौं– लेखक खगेन्द्र संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘छद्म राजावादी’को संज्ञा दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘सढाउ’ विकल्प भनेका छन्।
उनले लेखेका छन्, ‘घण्टी फैलिँदा हलो खुम्चियो। मतदाताले थोत्रो र नाङ्गो राजावादीको विकल्पमा नयाँ र छद्म राजावादी रोज्या। हैट्, सढाउको सट्टा सढाउ नै विकल्प! राजनीतिक संकटको यो दु:ख!’
प्रतिनिधि सभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच ठाउँमा जितेको छ भने ४ ठाउँमा अघि छ। समानुपातिकमा समेत तेस्रो नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।