इटहरी- सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रता कायमै छ। इटहरी वडा नं ६, ७ र ८ को मतगणना सम्पन्न हुँदासम्म चौधरीले २ हजार ७ सय ११ मत प्राप्त गरेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले उनलाई पछ्याइरहेका छन्। मैनालीले २ हजार ३ सय ६७ मत पाएका छन्।
यसैगरी उक्त क्षेत्रबाट निरन्तर जित्दै आएका नेपाली कांग्रेसका विजय गच्छदार १ हजार ७ सय ६२ मतसहित तेस्रो नम्बरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।