विराटनगर- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मा अग्रता बनाएका छन्। उनी २५ हजार २ सय ९५ मत गणना भइसक्दा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १६ सय मतले अगाडि देखिएका छन्।
यो चुनाव क्षेत्रमा कुल मतदाता संख्या १ लाख २६ हजार ७ सय ६८ थियो, जसमा ८५ हजार ८ सय २७ मत खसेको छ। अघिल्लो संसदीय चुनावमा कोइराला पण्डितसँगै पराजित भएका थिए।
शेखर कोइराला (नेपाली कांग्रेस)– ९६८६
लालबाबु पण्डित (नेकपा एमाले)–८०२६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।