विराटनगर- पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ क्षेत्र नम्बर २ बाट २ सय मतले पछाडि परेकी छिन्। उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले उछिनेका हुन्।
प्राप्त मतगणना अनुसार ऋषिकेशको पक्षमा हाल ८७३९ मत खसेको छ भने सुजाताले उनलाई पछ्याउँदै ८५३९ मत ल्याएकी छिन्।
मोरङ- २ मा कुल मतदाता संख्या १ लाख १० हजार भएकोमध्ये ८० हजार १ सय १७ मत खसेको थियो। यो चुनाव क्षेत्रमा यसअघि मिनेन्द्र रिजाल विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।