काठमाडौं- सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी निर्वाचित भएका छन्। थानीले ३४ हजार ६ सय २५ मत ल्याएका छन्।
थानीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृतकुमार बिसीले २९ हजार ५ सय ५८ मत ल्याएका छन्।
निर्वाचित थानी र बिसीबीच ५ हजार ६७ को मतान्तर छ। त्यहाँ ७६ हजार ३५२ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।