काठमाडौं- पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल निर्वाचित भएका हुन्। उनले एमालेका जालिम मियाँलाई पराजित गरे। रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गरे भने मियाँले २५ हजार ६ सय १९ मत मात्र प्राप्त गरे।
रिजालले मियाँलाई ५ हजार ५ सय २३ मतको अन्तरमा पराजित गरेका हुन्। मियाँ निर्वाचनको चहलपहल सुरु भएपछि माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका थिए।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट जगरनाथपुर गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका मियाँ उक्त पार्टीबाट टिकट नपाउने भएपछि नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पर्सामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउँदै टिकट दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।