काठमाडौं- २०७४ सालको स्थानीय निर्वाचनमा वीरगञ्ज नगरपालिका मेयरका प्रत्यासी माओवादी केन्द्रका रहवर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा कबाट उनी निर्वाचित भएका हुन्।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पनि उनी वीरगञ्ज महानगरपालिकामा मेयर उठ्न खोजेका थिए। तर पार्टीले तालमेल गरेर टिकट नै नपाएपछि उनले पार्टी कार्यालय समेत तोडफोड गरेका थिए।
वीरगञ्ज महानगरपालिका तत्कालीन समयमा जसपाको भागमा परेको थियो। मेयर बन्न नपाएका रहबर अब प्रदेश सांसद भएका छन्। अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेश सभामा निर्वाचित भएका हुन्।
अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरे भने उनको प्रतिस्पर्धी एमालेका विचारीप्रसाद यादवले ५ हजार ५ सय १९ मत प्राप्त गरेका थिए। एमाले उम्मेदवारलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गर्दै अन्सारी निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।