काठमाडौं- ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन्।
निर्वाचन आयोगले दिएको अन्तिम मत परिणामअनुसार राणाले २३ हजार ८९२ मत ल्याएका छन् भने नेकपा एमालेका सिलवालले १९ हजार २७८ मत ल्याएका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यहाँ उदयशमशेर राणा र नवराज सिलवालबीच नै प्रतिस्पर्धा थियो। सो निर्वाचनमा सिलवालले उदयशमशेरलाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।