काठमाडौं- दैलेखको क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन्। उनले ९ हजार चार सय ६४ मत ल्याएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका थिए।
त्यसैगरी राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत पाए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ। ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार ९ सय ९८ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।