काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश (ख) काे प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका विमल ठकुरी निर्वाचित भएका छन् ।
ठकुरीले १० हजार ६१७ मत ल्याउँदै जित हात पारेका हुन् । उनले पुराना प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर फुयाँललाई पराजित गरेका हुन्।
२०७४ सालमा फुयाँलले ठकुरीलाई पराजित गरेका थिए। फुयालले ८ हजार २४७ मत ल्याएका छन्।
काठमाडाैं ३ प्रतिनिधि सभामा पनि नेपाली कांग्रेसका सन्ताेष चालिसे विजयी भएका छन्। प्रदेश सभा कमा साेमबार नै छिरिङ दाेर्जे लामा निर्वाचित भएका थिए। याे सँगै कांग्रेसले काठमाडाैं-३ मा क्लिन स्विप गरेकाे छ। ठकुरी कांग्रेसका पुराना नेता चक्रबहादुर ठकुरीका छाेरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।