काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। काठमाडौं- ५ मा कांग्रेसका पौडेलले पोखरेललाई पराजित गरेका हुन्।
अन्तिम परिणाम अनुसार पौडेलले १५ हजार २ सय ३७ मत ल्याएका छन् भने एमालेका पोखरेलले १० हजार १ सय ७२ मत पाएका छन्। उनीहरुका बीचमा ५ हजार ६५ मतको फरक परेको छ। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा ईश्वर पोखरेल निर्वाचित भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।