काठमाडौं– चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएको छ। मंगलबार बिहान राप्ती नगरपालिका–६ हर्दीमा माइक्रोबस दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
राप्ती–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं तर्फ आउन माइक्रो चढेका विश्वकर्माको बिहान साढे पाँच बजेतिर मृत्यु भएको बताइएको छ।
उनी सवार ना२ख २३८२ नम्बरको माइक्रो बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। मृतक विश्वकर्मालाई दुर्घटनाको दुई घण्टापछि मात्र बाहिर निकालिएको थियो। उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
विश्वकर्माको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।