काठमाडौं– राप्रपाका प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर बढी मतले अग्रता कायम राखेका छन्।
सुरुवाती चरणदेखि नै अग्रता लिएका शाहीले गठबन्धनका उम्मेदवारभन्दा झण्डै १६ सय बढी मतले अग्रता लिएका हुन्। ४ हजार ४४१ मत गणना हुँदा शाहीले २६०० मत ल्याएका छन्।
यस्तै दोस्रोमा रहेकी गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले १०५० मत प्राप्त गरेकी छन्। एमालेका रतननाथ योगीले भने ४४७ मत प्राप्त गरेका छन्। यस्तै नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ६५ मत प्राप्त गरेका छन्।
जम्मा २४२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै प्रदेश सभा क मा भने कांग्रेसका बागीले अग्रता लिएका छन्। प्रदेश सभा क तर्फ ४९२८ मत गणना हुँदा १८२८ मत ल्याउँदै देवेन्द्र बहादुर शाहीले अग्रता लिएका हुन्।
दोस्रोमा रहेका एमालेका धिरेन्द्र गिरीले १३५३ मत ल्याएका छन् भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाहीले १३०२ मत ल्याएर गिरीलाई पछ्याइरहेका छन्।
यस्तै प्रदेश सभा ख तर्फ भने गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले १५५६ मत ल्याएका छन्। एमालेका टेकराज पछाईंले १३१४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ७५० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।