राइनास (लमजुङ)- दुई वर्षअघिको भूकम्पले भत्किएर पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ।
राइनास–९ मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन गरी १६ वटा भवन राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठ उपस्थितिमा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको हो। घर भत्किएर विचल्लीमा परेकाहरु नयाँ घर पाएपछि खुसी भएका छन् ।
'दुई वर्षसम्म चौरमा पाल टाँगेर बस्यौँ, गोठमा पकायौँ, अहिले नयाँ घर पाउँदा निकै खुसी लागेको छ,' स्थानीय दिलमाया गुरुङले भनिन्।
अमेरिकी नागरिक नतासा वाजनियाकको विशेष सहयोगमा उक्त घर तथा भवन निर्माण भएका हुन्। पुनःनिर्माणका लागि ६०/४० को अवधारणाअनुसार नतासाको रु एक करोड ५० लाख सहयोग रहेको बस्ती पुनःनिर्माण संयोजक एवं सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए।
भत्किएका घर पुनःनिर्माण गरेसँगै व्यावसायिक होमस्टे पनि सुरु गरिएको छ। निर्माण भएका १४ घरमा होमस्टे सुरु गरिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।