काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फराकिलो अग्रता बढाउँदै लगेका छन्।
जम्मा १० हजार ९७० मतगणना हुँदा सभापति देउवाले ५ हजार ६२१ मत प्राप्त गरेका छन्। यता स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवाभन्दा दोब्बर मतले पछि रहेका छन्। उनले २ हजार ५९९ मत प्राप्त गरेका छन्।
यता कांग्रेस बीपीका कर्ण मल्ल भने १६३६ मतसहित तेस्रो स्थानमा छन्। गनिएका मतमध्ये हालसम्म ६८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।