काठमाडौं- मनाङको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
यस्तो छ अन्तिम मत विवरण
टेकबहादुर गुरुङ/कांग्रेस- २५७५
पोल्देन छोपाङ गुरुङ/एमाले- २२४७
मुख्या गुरुङ/रास्वपा- ५
६७ वर्षीय गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी २०७० मा श्रम तथा रोजगार राज्यमन्त्री बनेका थिए। म्यानपावर व्यवसायीको पृष्ठभूमि रहेका उनी २०७० मा मनाङबाटै निर्वाचित भएका थिए।
कांग्रेसबाट यसअघि मुस्ताङका योगेश गौचन थकाली र काठमाडौं- १ का प्रकाशमान सिंह विजयी भइसकेका छन्।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।