काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्।
उनले निटकतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई १२९ मतको झिनो अन्तरले पराजित गरेका हुन्।
सत्ता गठबन्धनको साथ पाएका सिंहले ७ हजार १४० मत ल्याए भने एक्लै लडेका मिश्रले ७ हजार ११ मत प्राप्त गरे।
अघिल्लो पटकको निर्वाचनमा पनि सिंहले बीबीसीका पूर्व पत्रकार मिश्रलाई हराएका थिए। मिश्र विवेकशील साझा पार्टीबाट लडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।