काठामाडौं– चितवन निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम आउँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो नम्बरमै छन्। झण्डै चार हजार मतगणना हुँदा उनले ८२६ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ३ हजार ९५१ मत गणना भएको छ। उक्त क्षेत्रमा नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेका कृष्णभक्त पोखरेलले १५६६ मत प्राप्त गरेका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले भने १३३४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।