काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोम्बर मतान्तरले अग्रता लिएका छन्।
सार्वजनिक पछिल्लो मतपरिणम अनुसार राउतले ४ हजार ६ सय २० मत ल्याएका छन्। उपेन्द्र यादवले भने १ हजार ९ सय ३६ मत ल्याएका छन्। त्यसैगरी उक्त क्षेत्रमा लोसपाका नेता जयप्रकाश ठाकुरले ९ सय ९१ मत ल्याएका छन्।
अघिल्लो निर्वाचनमा जसपा अध्यक्ष यही क्षेत्रबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।