काठमाडौं– चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले सुरुवाती अग्रता लिएका छन्।
कुल एक हजार १५५ मत गणना गर्दा कांग्रेसबाट बागी उठेका कोइरालाले २९६ मतसहित अग्रता लिएका हुन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे २६५ मतसहित दोस्रो स्थानमा छन्। माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५५ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले १५० मत प्राप्त गरेकी छिन् । कोइरालालाई एमालेले सहयोग गरेको थियो। उनलाई कांग्रेसले कारबाही गरिसकेको छ।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।