काठमाडौं– झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाको तथ्यांक अनुसार ढकालले ८३७ मत, एमाले उम्मेदवारले ६७५ र कांग्रेस उम्मेदवारले ३९६ मत प्राप्त गरेका छन्।
निवर्तमान सांसद रहेका एमालेका उम्मेदवार लालप्रसाद साँवा र कांग्रेस उम्मेदवार देउ कुमार थेवेको प्रतिस्पर्धाको चर्चा हुँदै गर्दा मतगणनाको प्ररम्भिक अवस्थाबाटै ढकालले अग्रता लिएपछि ढकाल को हुन् भन्ने चासो बढेको छ।
कांग्रेस जिल्ला सभापति थेवे र एमालेको प्रदेश कमिटी सदस्य साँवालाई टक्कर दिने ढकाल नेपाल प्रहरीका पूर्व सई हुन्। साहित्य सिर्जनामा रुचि राख्ने ढकालले आफ्ने उपनाम सुस्केरा राखेका छन्।
संसदीय राजनीतिमा र पार्टी राजनीतिमा खरिएका अन्य दुई प्रतिस्पर्धीभन्दा ढकालले प्रारम्भिक गणनाबाट लिएको अग्रताले यो निर्वाचनमा संसदीय राजनीतिमा छनोटको विकल्पको पक्षमा लहर आउने सम्भावना देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।