काठमाडौं– उदयपुरको क्षेत्र नम्बर १ मा १७ मतले एमालेलाई पछि पार्दै कांग्रेस अगाडि आएको छ।
सुरुवाती मत गणनाअनुसार कांग्रेस नेता नारायण खड्का ४०४ मतसहित अगाडि रहेका छन्।
उनलाई एमालेका उम्मेदवार मञ्जु चौधरीले ३८७ मत ल्याउँदै पच्छ्याएकी छिन्। उनीहरु दुईबीचको अन्तर जम्मा १७ मतको छ।
अहिलेसम्म १ हजार १ मत गनिसक्दा ७० मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।