काठमाडौं– धनुषाको क्षेत्र नम्बर १ मा माओवादी नेता मातृका यादव सुरुवाती मतगाणनामा पछि देखिएका छन्।
उनलाई जसपाका दीपक कार्कीले पछि पारेका हुन्। जसपाका कार्कीले १ सय ४६ मत ल्याएका छन् भने यादवले १ सय ८ मत ल्याएका छन्।
यादव यसअघिको ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले ०७४ मा कांग्रेस नेता आनन्दप्रसाद ढु्ंगानालाई पराजित गरेका थिए।
तर, यादव यो पटक कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका हुन्।
अग्रता लिएका जसपा नेता कार्की ०७४ मा पनि जसपाबाटै यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। त्यसबेला उनी पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।