सुर्खेत– सुर्खेतको प्रतिनिधिसभा-२ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले सुरुवाती अग्रता कायम राखेका छन्।
लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार थानीले एक हजार ९ सय ८७ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार थानीलाई नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले पछ्याइरहेका छन्।
उनले एक हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले ५० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर शाहीले ३१ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाका लागि सुर्खेत-२ बाट ९ जना उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।