काठमाडौं— नागरिक उन्मुक्ति पार्टीले कैलाली १ र ३ मा अग्रता लिएको छ। कैलाली–१ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली– ३ मा गंगाराम चौधरीले अग्रता लिएका हुन्।
रञ्जिताले ६९१ मत प्राप्त गर्दा कांग्रेसका रामजनम चौधरीले ४११ र एमालेका तपेन्द्रबहादुर रावलले १८३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, निर्वाचन क्षेत्र ३ मा उन्मुक्तिका गंगाराम चौधरीले ६००, सत्ता गठबन्धनबाट माओवादीका कृष्णकुमार चौधरीले ४५० र राप्रपाका वीरेन्द्रबहादुर बमले ४०० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।