काठमाडौं– काठमाडौं-८को पछिल्लो मतगणनाको तथ्याङ्कअनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्। उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमीले १ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले १ हजार ९०, नेकपा एमालेका शिव सुन्दर राज वैद्यले ५ सय ८७ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ सय १७ मत प्राप्त गरेका छन्।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सायमीले काठमाडौंको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले करिब १३ हजार मत प्राप्त गर्दा र्वतमान मेयर बालेन विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।