काठमाडौं– जुम्लामा मतगणना सुरु भएको छ। सर्वदलीय बैठक बस्न समय लागेकाले केही ढिला गरी मतगणना सुरु भएको हो।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि चार जना प्रतिस्पर्धी रहेका छन्।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर, नेकपा एमालेबाट रतननाथ योगी, राप्रपाबाट ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) र नेपाल मजदुर किसान पार्टीबाट डिल्ली काफ्ले उम्मेदवार छन्।
अहिले कनकासुन्दरी मतदान केन्द्रको मतपेटिका खोलिएको छ। उक्त मतदान केन्द्र सिँजा क्षेत्रको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।