काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा– ५ को मतगणना सुरु भएको छ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो। दमक नगरपालिका कार्यालयमा मतगणना सुरु भएको हो।
झापा- ५ मा एमालेका अध्यक्ष ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेललगायत प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।