काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ९ मा रोचक प्रतिस्पर्धा भइरहेको छ। यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार ३ मतले अघि छन्।
एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर बस्नेत ५६१ मतका साथ उनलाई पच्छ्याइरहेका छन्।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कल्पना धमला भने ३४५ मत ल्याएर तेस्रो स्थानमा छिन्। नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले भने २६० मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार देवेन्द्र धमलाले २६० मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।