सुरुंगा- जिल्ला प्रहरी कार्यालय झापाले ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ।
झापा जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्टि गर्दै कैद तथा जरिवाना सुनाएपछि फरार अभियुक्तलाई दुई महिनाको अवधिमा विभिन्न स्थानबाट पक्राउ गरेकोे प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए।
चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गरिएको उनको भनाइ छ। अदालतको फैसलापछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन दिइएको उपरीक्षक केसीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।