काठमाडौं– कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा २१०४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।
स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ६७८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्।
भट्टराईले ५१६ मत पाएकी छन्। एकीकृत समाजवादीका श्रीनाथ बरालले ३५९ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका सुवर्णराज पन्तले ३२७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।